म्यानमारका विद्रोही समूहद्वारा रखाइनमा ४० सुरक्षाकर्मीको अपहरण
याङ्गुन । म्यानमारको जातीय रखाइन विद्रोही समूहले शनिबार देशको पश्चिमी क्षेत्रबाट ४० सुरक्षाकर्मीलाई अपहरण गरी लगेका यहाँको सेनाले जनाएको छ ।
सरकारी सेनाले स्थानीय आराकन सैनिक विद्रोहीका गतिविधि नियन्त्रणका लागि हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी खटाएको छ । उक्त समूहले रखाइन बुद्धमार्गीहरूको थप स्वतन्त्रताका लागि सङ्घर्ष गरिरहेको छ ।
शनिबार विहान जातीय युद्ध लड्दै आएका विद्रोहीको एक नदीको किनारा लुकीबसेको एक समूहले काममा खटिएका प्रहरी तथा सैनिक अधिकारीहरूलाई लगेको पुष्टि सैनिक प्रवक्ता जा मिनतुनले गरे। उनले “विद्रोहीले १० भन्दा बढी सेना र करिब ३० प्रहरीलाई अपहरण गरी लगेका छन् ।
सेनाले अपहरणमा परेका सुरक्षाकर्मीको खोजीका लागि हेलीकोप्टर तथा स्थल अपरेसन तत्कालै गरेको भएपनि उनीहरूलाई अझै फिर्ता ल्याउन नसकिएको उनले बताए। यसबारे अराकन विद्रोहीसँग सम्पर्कका लागि प्रयास भएको भएपनि उनीहरू प्रतिक्रियाका लागि उपलब्ध हुनसकेका छैनन् ।
श्रीलङ्कामा जातीय अधिकारका लागि आन्दोलनरत विद्रोही र सरकारले उनीहरूलाई दवाउन गरेको बलका कारण सन् २०१७ मा मात्र करिब सात लाख ४० हजार रोहिङ्ग्याहरू विस्थापित भएका छन् भने अन्य क्षेत्रमा पनि विभिन्न समूहले सशस्त्र आन्दोलन गरिरहेका संयुक्त राष्ट्रसंघले जनाएको छ । रासस÷एएफपी
No ads found for this position

डिसी नेपाल
Facebook Comment