सिरियाबारे रूसी तथा अमेरिकी विदेश मन्त्रीबीच टेलिफोन वार्ता
मस्को। रूसी विदेश मन्त्री सेर्गेइ लाभरोभ तथा अमेरिकी विदेश मन्त्री पोम्पेओबीच सिरियाको पछिल्लो राजनीतिक परिस्थितिबारे फोनवार्ता भएको रूसी प्रशासनिक केन्द्र क्रेमलिनले शनिबार जनाएको छ ।
रूसी विदेश मन्त्रीको पहलमा उक्त टेलिफोन वार्तामा लाभरोभले सिरियाको सार्वभौमसत्ता तथा भौगोलिक अक्षुण्णतालाई भङ्ग गर्ने कुनै पनि कार्वाही नगरी संयमता अपनाउनुपर्नेमा जोड दिएको रूसी विदेश मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।
प्राप्त जानकारी अनुसार, अक्टोबर ९ मा टर्कीको सेनाले सिरियाको उत्तरी भागमा सिरियाली कुर्द विद्रोहीमाथि सैन्य कार्वाही गरेको थियो । सिरिया सरकारले टर्कीको कार्वाहीको निन्दा गर्दै सबै वैधानिक उपायको प्रयोग गरेर जवाफ दिने जनायो । गतहप्ता टर्की तथा रूसबीच सिरियाको उत्तरी भागमा युद्ध बन्द गर्ने तथा सुरक्षित क्षेत्रको स्थापना गर्ने सम्बन्धमा सहमति भएको थियो । रासस/सिन्ह्वा
No ads found for this position

डिसी नेपाल
Facebook Comment