म्यानमारमा अपहरणमा परेका केही सुरक्षकर्मीको ‘हत्या’
याङ्गुन । म्यानमारका रखाइन विद्रोहीद्वारा शनिबार अपहरण गरेका केही सुरक्षाकर्मीलाई उक्त समूहले हत्या गरेको सेनाले जनाएको छ । तर विद्रोहीले उनीहरूको मृत्युमा सरकारी सुरक्षाकर्मी दोषी रहेको जनाएको छ ।
रखाइन बुद्धमार्गी म्यानमारी आराकन सशस्त्र समूह स्वायत्तताका लागि आन्दोलनरत रहेको छ ।
म्यानमारको जातीय रखाइन विद्रोही समूहले शनिबार देशको पश्चिमी क्षेत्रबाट ४० भन्दा बढी सुरक्षाकर्मीलाई अपहरण गरी लगेका सेनाले जनाएको थियो । सरकारी सेनाले स्थानीय आराकन सैनिक विद्रोहीका गतिविधि नियन्त्रणका लागि हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी खटाएको छ ।
उक्त समूहले रखाइन बुद्धमार्गीहरूको थप स्वतन्त्रताका लागि सङ्घर्ष गरिरहेको छ ।
विद्रोहीको एक नदीको किनारा लुकीबसेको एक समूहले काममा खटिएका प्रहरी तथा सैनिक अधिकारीहरूलाई लगेको पुष्टि सैनिक प्रवक्ता जा मिनतुनले गरे। उनले भने, “विद्रोहीले केहीसुरक्षाकर्मीलाई हत्या गरेको भएपनि तत्काल कति व्यक्ति मारिएका भन्ने थाहा हुन सकेको छैन ।”
विद्रोहीले १४ सेना र करिब ३० प्रहरीलाई अपहरण गरी लगेका बताइएको छ ।
यसैबीच अराकन विद्रोहीले डुङ्गामा सोधपुछका लागि केही सुरक्षाकर्मीलाई एकान्त स्थानमा लाने क्रममा सरकारी सेनाले गरेको स्थल तथा हवाई आक्रमणमा केही सुरक्षाकर्मी मारिएका भएपनि कति व्यक्तिको मृत्यु भएको भन्ने पुष्टि हुन सकेको छैन । ”सोधपुछका लागि तीन वटा डुङ्गामा उनीहरूलाई लगिएको थियो तर सेनाको कारबाहीमा दुइ डुङ्गामा पूर्ण क्षति भएको भन्ने सूचनाहरू आएका छन्,” विद्रोहीले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।
म्यानमारमा जातीय अधिकारका लागि आन्दोलनरत विद्रोही र सरकारले उनीहरूलाई दवाउन गरेको बलका कारण सन् २०१७ मा मात्र करिब सात लाख ४० हजार रोहिङ्याहरू विस्थापित भएका संयुक्त राष्ट्रसंघको तथ्याङ्क छ । रासस/एएफपी
–––
No ads found for this position

डिसी नेपाल
Facebook Comment