साहित्य समाजलाई फर्केर हेर्दा…

कुनै संस्था बिना पनि एक साहित्य कर्मिको लागी आफ्नो साहित्य कर्म गर्न सम्भव हुन्छ । अझ भनौ कुनै संस्थामा आवध्ध नभएको साहित्य कर्मी पंछी झै स्वतन्त्र उडने प्राणी बन्द्छ। उसलाइ कुनै राज्यको सिमा वा नियम कानुनले छेकबार लगाउन सक्दैन। उसको बिचारको प्रवाह हावा झै उडने गर्द्छ ।

साहित्यले भाषा र संस्कृतिको बिकास मात्र होइन। यसले सामाजिक संस्कार् र सभ्यताको परिचय पनि गराउद्छ । जस्तो नेपालका नाम कहलिएका साहित्य कर्मिहरु जस्तै लक्ष्मी प्रसाद देवकोटा, माधव घिमिरे, बालकृष्ण सम्, भानुभक्त आचार्य, मोतिराम भट्ट्, धरणिधर कोइराला, डायमण्ड शमसेर, बिस्व भक्त दुलाल आदीले नेपाली भाषा साहित्यको बिकासमा उत्कृष्ट योगदान पुर्याएका छ्न। तसर्थ देशबिदेश सर्वत्र नेपालीहरुले उनिहरुको कृती र उनिहरुलाइ सम्झन्छ्न। उनिहरुलाइ आफ्नो साहित्य कर्म गर्न कुनै अन्तराष्ट्रीय नेपाली साहित्य संस्थाको आवस्यक्ता परेको थिएन ।

भाषा साहित्यले नेपाली जातिको अस्तित्व जोगाउछ। भाषा साहित्य सकिए पछी जाती लोप हुन्छ। नेपाली भन्ने मानिसले एक-अर्कालाइ चिन्न सक्दैनन। त्यसैले उनिहरुले कुनै न कुनै रुपमा आफ्नो अस्तित्व जोगाउन नेपाली भाषा साहित्यलाई पनि जोगाउन अनिवार्य हुन्छ । यसै सन्दर्भमा नेपाली भाषा जोगाउन र प्रवर्धन गर्न डायस्पोरामा अन्तराष्ट्रीय नेपाली साहित्य समाज संस्था खुलेर बिभिन्न देशहरुमा छरिएर रहेको देखिन्छ । तर संस्था खुल्नु नै कुनै ठुलो कुरो होईन । त्यो संस्था उदेस्य प्राप्तिको लागी कसरी चल्छ भन्ने चाही महत्वपुर्ण कुरो हुन्छ । बिकृती र बिसंगतिको बिरुध्ध संस्कार र संस्कृतिमा बिकसित साहित्यलाइ नेपालमा मुलप्रवाहको साहित्य मान्दछ्न। तर अहिले नेपालिहरु नेपाल बाहेक अन्य मुलुकमा पनि बसोबास गर्द्छ्न।

यो लेखक पनि अमेरिका आए पछी सन २०१४ मा पहिलोपल्ट भानु जयन्तिमा कार्यक्रम अवलोकन गर्ने अवसर प्राप्त भयो । तर त्यहा त प्राय सबैले उहि भानुको “घासी र कुवाँको” मात्र कुरा गर्दा रहेछ्न । आजको सन्दर्भमा भानुको योगदानलाइ कसरी प्रयोग गर्न सकिन्छ भन्ने केही सुनिएन । पछी नभेम्बर २०१४ न्यूयोर्क च्याप्टरले लक्ष्मी जयन्ती पनि मनाए । अनि त्यतिबेलाका सभापतीले केही रकम नेपालको लक्ष्मी प्रसाद देवकोटा प्रतिष्ठाको सहयोगार्थ देवकोटाको छोरा कार्यक्रममा उपस्थित भएकोले उनलाइ हस्तान्तरण गरे। नेपाली साहित्य प्रती उनको यस्तो सहृद्य देखेपछी संस्था साहित्य उत्थानमा निकै लागिपरेको महशुस भयो ।

यो संस्थामा आवध्ध हुन उत्सुक्ता भयो । अनि नेपालको बिकृतिलाइ ह्टाउन महाकवी देवकोटाले ब्यक्त गरेका दुरगामी कालजयी बिचारलाइ आजको सन्दर्भसंग जोडेर न्यूयोर्क च्याप्टरको सन २०१५ लक्ष्मी जयन्तिमा “परिवर्तनको बाहक छोरि” नाटक तयार गरी मन्चन गराईयो जुन करिब एक हजार दर्शकले युट्युब हेरिसकेका छ्न । कार्यक्रमको अनत्यमा सभापतीले आफ्नो कार्यकाल सकिएको जानकारी गराए ।

अनि आफ्नो कार्य समितिमी रहेको उपसभापती र सचिवलाइ सभापती र महासचिव लगायत अन्य ब्यक्तिहरुको नया कार्य समिती बनेको जानाकारी गराए । तर कुन बिधी मार्फत बनेको थाहा भएन । किनकी यो संस्थामा प्रजातान्तृक बिधी अनुसार स्वच्छ चुनाव गराउने चलन नै रहेन्छ । यद्यपी त्यतिबेला सभापती कांग्रेसी जनसंपर्क समितिको न्युयोर्क च्यापटरको महासचिव थिए । तर अनेसासमा त उनि प्रजातान्तृक परिपाट नपनाई सबैको कुरो गोप्य गर्ने पक्षमा रहेछ्न। त्यस्तै उनकै समितिमा रहेकी कोषाध्यक्ष, जो एन आर एनमा गैइन, पनि चुक्कै नबोल्ने रहेछिन।

सन २०१५ को मध्यमा नेपालमा गएको ठुलो बिनाशकारी भुकम्पको पिडा डिसेम्बर २०१५ सम्ममा अलि मथ्थर भैसकेको थियो। त्यतिनै बेला पिडादायी घटना भुकम्पको नाटक देखाउन नेपालबाट कलाकार आए । यहाका ब्यापारिहरुले नाटक देखाउन सहयोग गरे ।

अनेसास एक नाफा रहित सामाजिक कार्य गर्ने संस्था हो । यसको नाफा कमाउने र ब्यक्तिगत लाभ लिने कार्यसंग केही साईनो छैन । अनेसास केन्द्रका कवी सहित्यकारहरुले अनेसासलाइ ब्यापारिक संस्थाको रुपमा प्रचारबाजिमा उतारेका थिए । निबर्तमान सभापती लगाएत अनेसासका सदस्यहरु र चुनाव बिनानया कार्य समितिको सभापती र महासचिवले अनेसासको मंचलाइ दुरुपयोग गर्दै भरमार यो नाटकको प्रचारबाजी गर्न थाले । जबकी अनेसासले आजसम्म अरु कुनै प्रचारबाजी गरेको छैन । नेपालको भुकम्प पिडित दुखीलाइ सहयोग पुग्ने ठानी सबै चुपलागे ।

सय डलर पर्ने टिकट किनेर पनि दर्शक हरु नाटक हेर्न तयार भए । नाटक खेल्ने एक अनलाइन समाचारको प्रचारबाजिले त सिमा पार गरिसकेको थियो । तर यो नाटक् बाट नेपालका भुकम्पपिडितले केही सहयोग पाएनन। अनि मिडियामा भुकम्पपिडितको लाशमा कमाई खाने साहित्यकर्मी भनी समाचार आउन थाल्यो। अनेसासका साहित्य कर्मिको लागी यो नाटक् नेपालका भुकम्पपिडितको नाम भजाएर खाने सुवर्ण अवसर भएको पछी बुझियो । कवी सहित्यकारहरु पिडितलाइ सहयोग गर्न नभै आफुले डलर कमाउने मौका छोप्न शहभागी बनेका रहेछ्न । त्यसैले अनेसास संस्थालाइ आफ्नै बपौती ठानी सक्को दोहन गरे ।

त्यसपछी सन २०१६ को मध्यमा मोतिराम भट्ट जयन्ती मनाउने भनी एक महिना अगाडी सुचना निकालियो । सदस्यहरु सबै मोती जयन्तिमा सहभागी हुन आफुनो रचना तयार पार्न लागे । तर कार्यक्रम हुने केही दिन अगाडी एन आर एनमा सांस्कृतिक बिभाग हेर्ने डाईरेक्टर बनेकीले अनेसासलाइ आफ्नो बपौती ठानी सभापतीसंग संपर्क गरी न्युयोर्कमा गर्ने भनिएको मोती जयन्ती एन आर एनको कार्यक्रमसंग न्युजर्सीमा गर्ने निधो गरेछ्न ।

अनि सभापतीले सबै कवी साहित्यकारहरुलाइ “लौ न्युजर्सिमा आउनु” भन्दै आर्मी उर्दी जारी गरे। अब एउटा कविता भन्न कती पैसा खर्च गरेर न्युजर्सी पुग्ने हो, कती समय लाग्ने हो थाहा भएन । अनि यो लेखकले प्रतिबाद गरे पछी कार्यक्रम न्युयोर्कमा नै गरियो । यसबाट के देखिन्छ भने आफ्नो अधिकार र स्वाभिमान त कायम गर्न नसक्ने कवी साहित्यकारहरुले देश र जनताको लागी के आवाज उठाउलान ?

त्यसपछी सन २०१७ मा भानु जयन्ती गर्ने भनियो । नेपाली भाषा साहित्यको बिकास गर्ने संस्थामा बालबाच्चाहरुको अंग्रेजी गित र कविता प्रतिस्पर्धा गराईयो । त्यसपछी लक्ष्मी जयन्ती आयो । आजिवन सदस्यहरुलाइ कहिले चुनाव भयो थाहा पनि छैन । तर लौ चुनावबाट पुरानै सभापति, उपसभापति, महासचिव चुनिएको भनी सुचना जारी गरियो ।

मिडियाले अनेसासको यस्तो घटिया चलन पर्धाफास गरिदियो। यो सार्वजनिक संस्थाको गतिबिधी जनताले थाहा पाए पस्चात सभापति र उपसभापति कार्यक्रमको मंचबाटै पत्रकारको मानमर्द्न गर्न अनेक बकबक गर्न गर्न थाले । त्यसपछी सन २०१८ मा लक्ष्मी जयन्ती गर्ने भनियो । तर कार्यक्रममा त कवी माधव घिमिरेको सयबर्ष पुगेको बर्षगाठ पनि मनाउने रहेछ । अनि महासचिव शान्ता घिमिर लगायत तिन महान कवियत्रीको पुस्तक बिमोचन पनि समावेश गरिएकोरहेछ ।

अनि यो देवकोटालाइ “श्रधान्जली र पिंण्डो” चढ्याउने कार्यक्रममा त “ह्यापी बर्था डे टु यु” भनी कवी घिमिरेको लागी गित पो गाईयो । जन्ती र मलामी एकै ठाउमा। अनि तिनवटा कवियत्रीले पर्याप्त समय बेगर आफ्नो पुस्तक बिमोचन गर्न नपाएको भन्दै कवियत्री घिमिरेले झोक झारिन । त्यसपछी यि महासचिव हराईन । अनि फेरी शकुनको बिगबिगी शुर भई नै हाल्यो । अहिले फेरी शान्ता घिमिर उपाध्यक्ष भैइन। यो कस्तो नपाली सस्कार र संस्कृती हो?

यही नेतृत्वमा रहेका सभपाती र उपसभापतिले आफु भन्दा अघिका नेतृत्वले गरेको सृजना र इतिहास नाश गरि अनेसासको वेबसाईटबाट हटाई दिए । आफ्नो नेत्तृत्वमा कहे उपलब्धी हाशिल गर्न नसकेपछी अरुको उपलब्धी पनि नष्ट गरिदिए ।

यि त केही आफुलाइ साहित्यका माहिर भन्ने कवी कवियत्री प्रतिनिधी उदाहरण हरु मात्र हुन । चार बर्षको सबै गतिबिधिमा महासचिव र उपाध्क्षय प्रमुख जिम्मेवार छिन । यस्तै साहित्यको नाममा निकृष्ट गतिबिधिले गर्दा महाबाणिज्य दुत कृशुले आफ्नो “चराको गित” बिमोचनमा अनेसासलाइ अलग गरिदिएर युसनेपाल अनलाईन र बिष्णुमाया परियारबाट बिमोचन गराए ।

बिगतमा अनेसास केन्द्रको चुनावमा कतिपटक चुनावमा धाँधली भएको भनी अदालतमा मुद्धा परिसकेको थियो । तर गत चुनाव देखी अनेसासको केन्द्रले चुनाव गर्दा पर्याप्त समय अगाडी मतदाता नामावली सार्वजनिक गरेको थियो । पर्याप्त समय अगाडी चुनाव बारे सदस्यहरुलाइ जानकारी गराएको थियो । अनि पर्याप्त सुझाव र सुधार गरेको थियो भन्ने बारे बिना कुनै साहित्य कर्म बिभिन्न पद धारण गरी दसौ बर्ष केन्द्रमै झुण्डिरहेका ब्यक्तिले राम्ररी बुझेको होला । तर २०१९-२१ को न्युयोर्क च्याप्टरको अध्क्षय र उपाध्क्षय छानोटको सुचना संप्रेषणमा तिनै ब्यक्तीलाइ नै हतपत र छटपट भएको बुझियो । आम सदस्यहरुलाइ पर्याप्त समय नै नदिई पाच दिन भित्र न्युयोर्क च्याप्टरको २०१९-२१ अवधीको सभापती र उपसभापती ल्याउन पुर्व नियोजित उपाए अपनाएको स्पष्ट हुन्छ ।

कसैले भोट नै नहाली निर्वाचन समिती आफैले छनौट गरेको ब्यक्तिलाई “लौ निर्वाचनबाट बिजयी” भनेर वाहियात सुचना निकाल्ने कस्तो निर्वाचन कमिटी होला ? कमिटिले “कुनै पनि प्रतिस्पर्धी नआएकोले उप्लब्ध उम्मेवारलाई कमिटिले छनोट गरेको छ्” भनेर सुचना निकाल्नु पर्यो नि । उनिहरुलाइ सदस्यहरुले भोट हालेर निर्वाचित गर्न पाएकै छैन । भोट नै नहालेको सदस्यहरुलाइ निर्वाचन भनेर भ्रमित सुचना निकालन मिल्छ ? त्यसैले चुनाव कमिटिले आफ्नो सुचना सच्याई आफ्नो स्तर देखाउनु पर्यो ।

पुरानो नेतृत्वले अनेसासको बदनामी शिवाय आफ्नो बिगत कार्यकालमा के के उपलब्धी गर्न सके? तर फेरी पुरानै शैलिमा राजनितिक पार्टिमा जस्तो अनेक तिकडम लडाएर पद हत्याउने पदखोरहरुबाट अनेसासको पुरानै तेतृत्वबाट के प्रगतिको अपेक्षा गर्न सकिन्छ ? पदखोरहरुले भन्न सक्नु पर्यो ।

साहित्यले भाषा, संस्कार र संस्कृतिको पहिचान गराउछ । नेतृत्व समहाल्ने बयक्ती जो सुकै भएपनी उसले संस्थालाइ सम्मानित बनाउन सक्नुपर्छ । नया पात उम्रन पुराना झारपात हटाउनु पर्छ । त्यसैगरी अनेसासलाइ नया गतिमा लगी साहित्यको संस्थागत बिकास गर्ने हो भने नया निस्पक्ष ढंगबाट आफ्नो स्वाभिमान राख्दै संस्थामा साहित्यक कर्म गर्न सक्ने ब्यक्तिहरुको नितान्त खाचो रहेकोछ ।

च्यापटरमा केही नया अनुहारहरु पदाधिकारी भएर आउनु भएको छ । वहाहरुलाइ आफ्नो कार्यकालमा अनेसासलाइ साहित्यमयी रुपमा बिकास गर्न स्वागत र बधाई !

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position