सर्बे भबन्तु सुखिनः कसरी होला?

सर्बे भबन्तु सुखिनःसर्बे सन्तु निरामयाः ।
सर्बे भद्राणि पश्यन्तुमा कश्चिद दुःख भाग्जनः ।।

सबै मानिस सुखि होउन्, सबै मानिस बिरामी नभई स्वच्छ होउन्, सबैले सबैलाई सम्बृध्द भएको देख्न पाउन् र कसैले पनि दुःख भोग्न नपरोस् भन्ने अर्थ हो यी माथिका दुई बाक्यका । यी दुई बाक्य मात्र हामीले राम्रो संग मनन गर्यौं भने निश्चयनै हामीले चाहना गरेको समाज, राष्ट्र र बिश्व नै प्राप्त गर्ने छौं ।

यसैबाट बुझ्न सकिन्छकि हाम्रो पूर्बीय दर्शन कति उच्च र सर्बजन हीताय छ भन्ने कुरा । तर यसलाई अनुशरण नगरेका हुनालेनै हामी आजको यो दयनीय अबस्थामा गुज्रिन परेको छ । यही मन्त्रलाई मूल आधार मानी हाम्रा जिजु बराजुले आफ्नो धर्म, संस्कृतिलाई जोगाई एउटा राम राज्यको कल्पना गरी सुखमय जीवन यापन गरेका कुरा बिभिन्न ग्रन्थहरुमा पाउन सक्दछौ ।

यहि मन्त्रको आधारमा राज्यको शासन, धर्म, संस्कृति तथा परम्परा, ब्यबहार, चालचलन, आचरण, अनुशासन चलेको थियो । सबैले यही मन्त्रलाई मूल मन्त्र मानी आएका हुनालेनै राज्य एक प्रकारको रामराज्यनै थियो । सबैले सबैलाई एउटै दृष्टिकोण बाट हेर्ने हुदा मानिसमा राग,ब्देश, घृणा, ईस्र्या, नैराश्यता केही भएको पाईदैनथ्यो । तर आजको हाम्रो अबस्था भिन्न किसिमको हुन गएको छ । यसैलाई लिएर तल केही उल्लेख गरिएको छ ।

अहिले आएर पश्चिमी समाज धेरै सम्बृध्द हुन पुगेको छ । तर हाम्रो पूर्बीय समाज भने दिनानुदिन क्रमशःअधोगतिमा गई रहेको छं । पश्चिमाहरुले हाम्रा धेरै राम्रा कुराहरु नक्कल गर्न भ्याए र तदनुरुप गर्दै अघि बढे । हामीले भने हाम्रा आधारभूत कुराहरु छोड्दै गयौं । जसको परिणाम आजको अबस्था हो ।

मानिसले आचरण र ब्यबहारमा सुधार ल्याउन सक्यो भने त्यस बाट श्रृजित अन्य कुराहरु पनि स्वत ःआफै उपलब्धिमूलक हुंदै आउछन् । मानिसमा उत्साह थपिदै गएको हुन्छ, आत्म सन्तुष्टि बढ्दै गएको हुन्छ, अरुहरुलाई हेर्ने दृष्टिकोण एकै प्रकारको हुन्छ र एकले अर्कोलाई नराम्रो गरेको हुंदैन ।

यस प्रकारको मार्गले समाजलाई सम्बृध्दि तर्फ लगेको हुन्छ ।अहिलेको हाम्रो समाजमा धेरै बिसंगति श्रृजना भएका छन् । हामीले हाम्रा परम्परागत मूल्य मान्यताको पालना पनि नगर्ने र अरुहरुले ब्यबहारमा ल्याएका राम्रा कुराहरुको पनि अनुशरण नगरेको हुंदा हाम्रो समाज एक प्रकारकंो संक्रमणीय अबस्थामा रहेको देखिन्छ ।

यस्तै अबस्था रहि रहने हो भने हाम्रो समाजको अबस्था कहा पुग्ने हो केही भन्न सक्ने अबस्था देखिदैन । संसारमा सबै भन्दा बुध्दि र बिबेक भएको प्राणि भनेको मानिस नै हो । मानिसमा जस्तो अरु प्राणीमा चातुर्यता हुंदैन भन्ने कुरा हामी सबैलाई थाहा छदैंछ । त्यसैले गर्दा मानिस मानिस बिच पनि आ–आफ्नो बुध्दि र चातुर्यता बढाउने तर्फ प्रतिष्पर्धा भईनै रहेको हुन्छ । स्वच्छ प्रतिष्पर्धा नभएको हुनाले हाम्रो समाजले सर्बे भवन्तु सुखिन को बाटो लिन नसकेको अबस्था हो ।

समाजलाई सम्बृध्द बनाउने अबयब भनेकोनै त्यहि सामाजिक संरचना भित्र रहेका बिभिन्नपात्र हुन् । पात्रहरु असल भई दिए भने समाजलाई बदल्न त्यति गाह्रो हुंदैन । तर पात्रहरुको आचरण, ब्यबहार, भावना जस्ता कुरामा सकारात्मक परिबर्तन आउन सकेन भने समाजले पनि गति लिन सकेको हुंदैन ।

माथि उल्लेखित बिषयलाई बर्तमान अबस्थामा जोडी अध्ययन गर्नु उपयुक्त हुनेछ । पात्र र प्रबृत्तिमा जबसम्म परिबर्तन ल्याउन सकिदैन तब सम्म सर्बे भवन्तु सुुखिनःलाई मूर्तरुप दिन सकिदैन । अहिलेको हामीले बनाएको समाज माथिका दुई पक्तिले कल्पना गरेको भन्दा एकदमै फरक छ । आजको समाज भनेको म खाउ मैलाउ शुख सयल वा मोज म गरु.भन्ने प्रबृत्तिको छ ।

हरेक ब्यक्ति ईच्छा, राग,ब्देश, स्वार्थमा लिप्त भएको छ । आफ्नो भलाई देखि अरुको भलाई गर्नत के हेर्न पनि चाहदैन । कसैले केही राम्रो काम गर्न लागेको छ भने कि बाधा अड्चन ल्याईदिन्छ कित भने बिरोधनै गरी दिएको हुन्छ ।हामीलाई थाहा छ हाम्रो समाजको सम्बृध्दि नचाहने थोरै ब्यक्तिको हातमा ठूलो जमात छ । सानो जमातले ठूलो जमातलाई नियन्त्रण गर्न सक्नु भनेको धेरै जनसंख्या भएको जमात सम्बृध्दि बाट बाहिरिनु हो ।

मानिस यसरी बदलिंदै गएको छकि उसको भावना, बिचार, ब्यबहार जस्ता कुराहरुमा क्षयीकरण हुंदै आएको छ । उसले आफूलाई मात्र आफू भन्ने ठानेको छ र आफ्नै निजी स्वार्थमा सम्पूर्ण ध्यान केन्द्रीत गराउन पुग्दछ । अरुको भलाई र स्वार्थलाई पटक्कै दृष्टि दिन चाहदैन । यस्तो कलुसित भावनाले कसरी राष्ट्र र समाजको बिकास हुन सक्दछ । राज्यलाई चलायमान बनाउने भनेको राजनीति हो ।

राज्यको नीति भन्दा ठूलो नीति अरु कुनै नीति हुंदैन । नीतिको माध्यम बाट नै राज्यका गतिबिधि अघि बढेका हुन्छन् । नीति बनाउनेहरुनै लोभी, पापी , अपराधी प्रबृत्तिका भै दिएपछि कस्को के लाग्छ । नीति निर्मार्ण गर्ने स्थानमा पुगेकाहरुलेनै बाटो बिगारे पछि देश कसरी अघि बढ्छ , प्रश्न आउछ नै ।

हाम्रो शासकीय ब्यबस्थाले नागरिकको बिषयमा कहिल्यै सोचेको पाईदैन । २००७ साल सम्म जहानिया राणा शासनको एकछत्र शासन रह्यो । त्यसपछि देशमा प्रजातन्त्र आए पनि पुरानै राणाकालिन धङ्धङीले देशलाई धमीराले खाए जसरीनै खाईनै रह्यो ।

त्यसपछिका बिभिन्न कालखण्डमा पनि राजनीतिले निदिष्ट मार्ग लिन नसकेको हुंदा हामी पछि नै पर्दै गयौ । देशमा लोकतान्त्रीक गणतन्त्रात्मक व्यवस्था आएपनि खासै जनताले अनुभूति पाउने गरी परिबर्तन आएको छैन । अहिले आएर बिभिन्न कोण बाट शासकीय ब्यबस्थालाई हेर्ने जमात पनि देखा परेको छ ।

अर्को तर्फ सत्ता पक्ष र प्रति पक्ष को बिचमा सुमधुर सम्बन्ध जबसम्म हुंदैन तब सम्म राज्यका प्रमुख मुद्दाहरु सक्रिय रुपमा कार्यान्वयनहुन सक्दैनन् । अहिलेको अबस्था हेर्दात सत्ता पक्ष मेरो गोरुको बाह्रै टक्का ठान्ने, प्रतिपक्ष हाम्रो धर्म भनेको सत्ता पक्षको बिरोध गर्ने हो भन्ने मानसिकताले गर्दा देशका अन्य अंगहरु पनि अपांग जस्तै भएका देखिन्छन् ।

सत्ता पक्ष र प्रतिपक्षको झगडाले गर्दा राज्यले गर्नु पर्ने कामहरु संचालन हुन नसकि लथालिंगको अबस्थामा छन् । सामान्य प्रशासकीय प्रकृया बाट संचालन हुन सक्ने काम कुरामानै सरकार अल्मलिएको हुदा सरकार बाट संचालन गर्नु पर्ने कतिपय महत्वपूर्ण कामहरु ओझेलमा पर्न गएका छन् ।

सबभन्दा ठूलो नीति भनेको राजनीति हो र अन्य नीतिहरु यसै नीति बाट सन्चालीत हुने गर्दछन् । तर हाम्रो राजनीति नै प्रभाबकारी हुन नसकेको अबस्थामा अन्य नीतिहरुले काम गर्न नसक्नु स्वभाबिकै पनि हो । जति सुकै नीति राम्रा भए पनि तिनीहरुको सफल कार्यान्वयन भएनन् भने नीति नीतिकै रुपमा रहन पुग्दछन् र जनताका ईच्छा आकांक्षा जहांको तही रहेका हुन्छन् ।

यही परिस्थिति हाल देखा परेको छ । यस अबस्थामा सर्बे भबन्तु सुखिनःसर्बे सन्तु निरामयास् । सर्बे भद्राणि पश्यन्तु माकश्चिद दुस्खभाग्जनः ।। कसरी र कहिले होला?

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position