भारतीय नक्साप्रति गैरआवासीय नेपालीको पनि आपत्ति

डिसी नेपाल
२२ कार्तिक २०७६ १६:२८

काठमाडौं। भारतले जारी गरेको नयाँ नक्सा नेपालको भूमि परेपछि नेपालमा विरोध भइरहेका बेला गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पनि सो नक्साप्रति आपत्ति जनाएको छ।

शुक्रबार संघका अध्यक्ष कुमार पन्तले एक प्रेस विज्ञप्ति जारी गर्दे भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागकमा समेटेको प्रति एनआरएनएको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

जारी विज्ञप्तिमा भनिएको छ, ‘भारत सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका नेपालीहरु क्षुब्द भएका छन्। दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु, कूटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्षाको सहमतिमा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुङ्ग्याउनुको सट्टा एकपक्षीय ढंगबाट चालिएको कदमको भत्सर्ना गर्दछौँ।’

एनआरएनएले नेपालको सीमामाथि भारतीय हस्तक्षेप सह्य नभएको भन्दै मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, आम नेपाली नागरिक एवं विदेशस्थित गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनु पर्ने बताएको छ।

अन्तर्राष्ट्रिय सीमाना रक्षाका लागि नेपाल सरकारको साथमा उभिन विदेशमा रहेका सम्पूर्ण गैरआवासीय नेपालीहरु प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *