दुर्घटनामा ज्यान गुमाउनेप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

डिसी नेपाल
१२ मंसिर २०७६ १६:४१

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले अर्घाखाँचीको नरपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

आज शोक विज्ञप्ति जारी गर्दै उनले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नंको यात्रुवाहक बस बुधबार अपराह्न सन्धिखर्क नगरपालिका–६ नरपानी रातामाटेमा दुर्घटना हुँदा १९ यात्रुको निधन र १६ यात्रु घाइते भएको खबरले स्तब्ध बनाएको बताएका छन् ।

बढ्दो दुर्घटनालाई न्यूनीकरण र रोकथाम गर्ने प्रदेश सरकारले सडक सुरक्षा कार्यक्रम सञ्चालन गर्न लागेको बताउँदै मुख्यमन्त्री पोखरेलले यो अभियानलाई सफल बनाउन स्थानीय तह, यातायात व्यवसायी, मजदुरलगायत सबै सरोकारवाला निकायलाई अपिल गरे ।

मुख्यमन्त्री पोखरेलले दुर्घटनालगत्तै उद्वारमा खटिएका नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय राजनीतिक दलका नेता, कार्यकर्ता र स्थानीय समुदायको सक्रियता र पहलकदमीको उच्च प्रशंसा गर्दै आभार व्यक्त गरेका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *