प्रधानमन्त्री ओली खतरा मुक्त, एक हप्ता अस्पतालमै रहने

डिसी नेपाल
१३ मंसिर २०७६ १३:०७

काठमाडौं। शिक्षण अस्पताल महारजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली अझै एकसाता अस्पतालमै रहने चिकित्सकहरुले जानकारी दिएका छन्।

शुक्रबार बिहान पत्रकार सम्मेलन गरी उपचारमा संलग्न चिकित्सकहरुले प्रधानमन्त्री दश दिनपछि नियमित काममा फर्कन सक्ने जानकारी दिएका हुन्। त्यस्तै चिकित्सकहरुले एपेन्डिसाइटिसको शलयक्रियापछि सघनकक्षमा उपचाररत प्रधानमन्त्री ओलीको मंगलबार र बुधबार दुईपटक डायलाइसिस गरिएको जनाएका छन्।

पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्रीलाई मुखबाट ठोस खानेकुरा खुवाउन थालिएको समेत जानकारी दिइन्। प्रधानमन्त्री ओली समान्य हिंडडुल गर्न थालेको समेत डा. सिंहले बताइन्।

उपचारमा संलग्न विशेषज्ञ चिकित्सकहरुले प्रधानमन्त्रीको एपेन्टिडसाइटिस फुटेको नभई पाकेर फैलिएको बताएका छन्। सामान्य बिरामीको तुलनामा अंग प्रत्यारोपण गरिएको बिरामीमा एपेन्डिसाइटिस पाकेर फैलने सम्भावना बढी हुने जानकारी चिकित्सकहरुले दिए।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएको छ। पछिल्लो पटक ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस गरिँदै आएको थियो। अहिले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमै डायलाइसिस गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *