शहीदपार्क त्याग र लगनशीलताको उपज हो : मुख्यमन्त्री पौडेल

डिसी नेपाल
१३ मंसिर २०७६ २१:२८

प्रदेश ५ को पाल्पामा बन्न लागेको पर्यटकीय पार्क निर्माण समितिका पदाधिकारीले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग आज भेट गरेका छन् ।

मुख्यमन्त्री कार्यालय, हेटौँडामा आज भएको साक्षत्कारमा मुख्यमन्त्री पौडेलले हेटौँडाको शहीद स्मारक पार्क ठूलो लगनशीलता र त्यागको उपज भएको बताए । रु ९० हजारको लगानीबाट निर्माण शुरु भएको पार्कले अहिले वार्षिक दुई करोडको आम्दानी गर्ने गरेको जानकारी दिँदै मुख्यमन्त्री पौडेलले योजना सम्पन्न गर्न दृढ इच्छाशक्ति र बलियो आत्मविश्वास आवश्यक पर्ने उल्लेख गरे ।

मुख्यमन्त्री पौडेलले कुनै पहिचान, स्थानीयता झल्काउने महत्वपूर्ण वस्तु, ऐतिहासिकता वा महत्वपूर्ण व्यक्तित्वको स्मृति आदि पार्क निर्माणको पहिलो आधारस्तम्भ हुने उल्लेख गरे । भौगोलिकताका आधारमा पार्कमा निर्माण गरिने भौतिक संरचनाहरु फरक पर्ने भन्दै मुख्यमन्त्री पौडेलले हरियाली जोगाउँदै काम गर्न सुझाव दिए ।

कार्यक्रममा रामपुर नगरपालिका, पाल्पाका प्रवक्ता हुमनाथ न्यौपानेले हेटौँडाको शहीद स्मारक पार्क धेरैपटक भ्रमण गरेको र पाल्पाको रामपुरमा पनि यस्तै मनोरम पार्क निर्माण गर्ने योजना रहेको बताए । पार्क विकास समितिका सदस्य वासु ढकालले मुख्यमन्त्री पौडेलसँगको भेट निक्कै नै फलदायी भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *