तेह्रौँ साग फुटबलः बङ्गलादेशद्वारा श्रीलङ्का पराजित

डिसी नेपाल
१९ मंसिर २०७६ २१:१३

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष फुटबलमा बङ्गलादेशले श्रीलङ्कालाई पराजित गरेको छ । बङ्गलादेशले श्रीलङ्कालाई १–० गोलले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा बङ्गलादेशका लागि महबबुर रहमानले निर्णायक गोल गरेका थिए । उनले खेलको १०औँ मिनेट गोल गरेका हुन् । जितसँगै बङ्गलादेशको तीन खेलबाट चार अङ्क पाएको बङ्गलादेश तेस्रो स्थानमा छ । साग पुरुष फुटबलमा नेपाल, भुटान, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का सहभागी छन् । भारत र पाकिस्तानको पुरुष फुटबल टोली सहभागी छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *