टेबलटेनिसमा नेपाललाई कास्य पदक

डिसी नेपाल
२० मंसिर २०७६ १७:०७

काठमाडौं । १३औँ दक्षिण एशियाली खेलकूद (साग)को टेबलटेनिसअन्तर्गत पुरुषको एकल विधामा नेपालका स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्यले कास्य पदक जितेका छन् ।

लैनचौरस्थित टेबलटेनिस हलमा आज भएको सेमिफाइनल खेलमा पराजित भएपछि स्यान्टु र पुरुषोत्तमले कास्य पदकमा चित्त बुझाएका हुन् । सो विधामा नेपाले ऐतिहासिक पदक जितेको हो । सागमा पुरुष एकल विधामा दुई खेलाडीले पदक जितेको यो पहिलो पटक हो ।

सेमिफाइनलमा स्यान्टु भारतका अमलराज एन्थोनिसँग ४–० ले पराजित भए । स्यान्टुलाई भारतका अमलराजले ११–४, १२–१०, ११–८ र ११–२ ले पराजित गरे । अर्को सेमिफाइनल खेलमा बज्राचार्य भारतका हर्मित देशाईसँग समान ४–० ले नै पराजित भए । उनि हर्मितसँग ११–५, ११–४, ११–१ र ११–४ ले पराजित भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *