साग फेन्सिङमा भारतले जित्यो ३ स्वर्ण

डिसी नेपाल
२० मंसिर २०७६ २१:०८

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फेन्सिङमा भारतले तीन स्वर्ण जितेको छ ।

शुक्रबार भारतले पुरुष इपी, पुरुष साबर र महिला फ्वेलमा स्वर्ण जितेको हो । पुरुष इपीमा भारतका सुनिल कुमारले स्वर्ण, भारतकै जयप्रकाश कोपराले रजत तथा बंगलादेशका मोहमद इम्तियाज र पाकिस्तानका सैदुद्दिन अलीले कांस्य जिते ।

पुरुषकै साबरमा भारतका करण सिंहले स्वर्ण जिते । उनले फाइनलमा भारतकै कुमरेसन पद्म गिसोनिधिलाई पराजित गरे । बंगलादेशका बिपुल मोहमद इफ्ता खरुल आलम र श्रीलंकाका रोसन अराचेगले कांस्य जिते ।

महिलाको फ्वेल स्पर्धामा पनि भारतले नै स्वर्ण जित्यो । भारतकी थोइबी देवी वाङ्गेलबमले स्वर्ण, भारतकै राधिका प्रकाश अवातीले रजत, बंगलादेशकी मोहिमा अख्तर र रमा सिंहले कांस्य जिते।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *