यात्रा-संस्मरण : त्यो कहालीलाग्दो चितवनको यात्रा-‘यात्रामा तीन, हिँड्दै नहिँड्’

डिसी नेपाल
१९ पुष २०७६ ९:१२

बोस्टन, अमेरिका । अन्ततः तीनजना मात्रै हुने भइयो । कुरा २०७३ साल साउन १५ गतेको तयारीका लागि काठमाडौंबाट चितवनसम्मको यात्राको हो । ‘चियासँग कविता’ कार्यक्रम चितवनमा गर्नेबारे म अमेरिका छंदै टुंगो लागेपछि अमेरिकाको बोष्टनबाट नेपाल जान समय मिलाएको थिए“ । अमेरिका बसेर साहित्यिक गतिविधिमा सामेल भइरहे पनि स्वदेशमा फेरि कविता वाचन गर्ने रहरले म पुलकित थिए“ । त्यसमा पनि आयोजनकहरुले मेरो एकल कविता वाचनको कार्यक्रम राखेपछिको कवि मन नढा“टीकन भन्दा कतिबेर चितवन पुगूँझैं भएको थियो ।

साहित्यकार प्रकाश सायमीले अघिल्लो साँझ फोन गरेर ‘कार्यक्रम सफलताको शुभकामना , म जान नपाउने भएँ, भनिदिए । त्यसो त प्रधुम्न जोशी र मणि लोहनी पनि जाने लिस्टमा थिए  अघिल्लो दिनसम्म तर उनीहरूको पनि के मिलेन, के मिलेन । त्यसैले छविरमण सिलवाल र राधेश्याम लेकालीको साथमा थिएँ, म । र परेको थियो तीनको संयोग ।

भोलिपल्ट बिहान सात बजे हुने कार्यक्रममा जानका लागि मेरो बासस्थान सिनामंगलबाट भाइले मोटरसाइकलमा राधेश्याम लेकालीको कार्यालय अनामनगरसम्म छोडी दियो । उनी तयार नै थिए, तर छविरमण आधा घण्टापछि मात्रै आइपुगे ।

निस्कियौ, मध्यदिनमा तीनभाइ, कलंकीबाट बस चढ्ने भएकाले अनामनगरको सडकमा ट्याक्सी बोलाउन थाल्यौं । यहीबाट शुरुभएको तीनभाइको यात्राको सकस । दुईटा ट्याक्सीका ड्राइभरले खाना खान जाने समय परेकाले जान मानेनन्, अनुरोध ग-यौं तेस्रो ट्याक्सीलाई र सुरु भयो तीनजनाको यात्रा ।

काठमाडौँको जामलाई परिचय दिदै  हामी शहिदगेट, त्रिपुरेश्वर, टेकु, कालिमाटी, सोल्टीमोड हुँदै कलंकी पुग्न डेढ घण्टाभन्दा कम लागेन ।  जब कि सामान्य अवस्थामा आधा घन्टाको बाटो हो, यो ।

कार्यक्रम भोलिपल्ट भएकाले हामीलाई चितवन पुग्ने हतार चाहिं थिएन , कसैलाई भेट्ने योजना पनि बनाएका थिएनौँ, जतिबेला पुगे पनि होटेलमा आराम गर्ने भएकाले हामी निश्चिन्त थियौ । त्यसो त कार्यक्रम संयोजक ईश्वर कंडेल र लेखराम सापकोटाले के व्यवस्था गर्नुपर्छ ? कति बेला आइपुग्नु हुन्छ ? भनेर सम्पर्क गरिरहेका थिए ।

हामीले उनीहरुलाई दु:ख नदिने सोच बनाएका थियौँ  । जाने, जहाँ जसरी मिल्छ बस्ने र भोलिपल्ट कार्यक्रममा सहभागी हुने योजना मात्रै बनाएका थियौँ।

लेखक गोवर्धन पूजा

जन्मले म चितवनको । २०४४ सालमा खैरहनी माध्यमिक विद्यालयबाट एसएलसी दिएपछि फागुनको कुनै दिन काठमाडौं हिंडेको थिएँ, घरमा बस्ने दाइको खाली गाडी आएकाले । साथमा एक बोरा चामल र एक पोका गुन्द्रुक अनि मनभरि भविष्यप्रतिको उतसाहको पोको थियो र साथमा थियो—त्यो बेलाको मन मिल्ने साथी हिरा गिरीे ।

मनभरि आफ्नो पहिलो कमाइ खाने सुरमा हिरा र म काठमाडौंका गल्लीगल्ली जागिरको खोजीमा चाहाथ्र्यौं । दुई महिनापछि दिक्क भएर हिरा चितवन नै फर्कियो, म भने हस्ताक्षरसम्म गर्न सक्ने बाबुको पढेर छोरा ठुलो मान्छे बनोस् भन्ने सपनाले पेलेर काठमाडौँ मै बस्न बाध्य भएँको थिए ।

ललितपुरको पुल्चोकमा आफ्नै घर भएकाले बिजुलीको हिटरमा चामल पकाउने, गुन्द्रुक भुलुक्क उमल्दै काठमाडौंको सडक नाप्दै दिनहुँजसो कामको खोजीमा भौंतारिन थालें ।  र एसएलसीको रिजल्ट आएपछि पाटन  कलेज पढ्न थालें । त्यही समयमा डायरीमा लेखिएका र अटो ग्राफमा कोरिएका “आकाश भन्दा बिशाल, सागरभन्दा गहिरो माया सम्झँदै” साथीहरूको सम्झनामा कविता कोर्न सुरु गरिसकेको थिए मैंले ।

पाटन क्याम्पस बिए भूगोल समूहको शैक्षिक भ्रमण कार्यक्रमका लागि “वृष्टि“ स्मारिका निकाल्ने र बिज्ञापन छपाएर पैसा संकलन गर्ने निधो ग-यौं । यसले चर्चित साहित्यकारहरूसंग लेखरचना माग्ने निहु“मा नजिक हुन पाइयो । दोश्रो बर्षमा पनि नेपाली समूहले स्मारिका निकाल्ने सोच बनायो । पहिलो बर्षको अनुभवका कारण अध्यक्ष मलाई नै छनोट गरे, र निकालियो “अनावरण“ पत्रिका ।

यतिबेलासम्म ममा साहित्यको नशा चढिसकेको थियो । पाटन क्याम्पसको पढाइ पूरा गरेर कीर्तिपुर जाने बेलामा पनि “आकाश“ त्रैमासिक पत्रिका दर्ता नै गरेर प्रकाशन गर्न सुरु गरि सकेका थियौं हामीले।

अहिले नेपाली साहित्यमा निरन्तर लागिरहेका सुस्मिता नेपाल, संगीता स्वेच्छा, सानुराजा अन्जान , रत्न प्रजापति, हरिशरण थापा, मुरारि सिग्देल, सरिता थापालगायतको साथ र सहयोगले आकाश पत्रिका तीनबर्षसम्म राम्ररी प्रकाशन गर्न सकेका थियौ । यसले हामी धेरैको परिचय बनाउन पनि सहयोग गरेको पक्कै हो ।

यसरी काठमाडौंमा बसेर साहित्यमा भिज्दै गरेको मलाई ‘गोवर्धन पूजा, चितवन भन्दा अर्कै आनन्द आउँथ्यो र मैले जन्मथलो चितवनलाई छोड्न चाहिनँ, जे जसो भए पनि चितवनसंग जोडिनै रहें । चितवनले पनि मेरो कवि स्वरूपलाई सधै सम्पर्कमा राखी रह्यो ।

मैले भुल्न खोजेजस्तो गरे पनि चितवनले मलाई सधै सम्झिरह्यो । खुमनारायण पौडेल, रमेश प्रभात, हरिहर पौडेल, प्रेमबिनोद नन्दन, गोविन्दराज विनोदी, धनराज गिरी, केदारनाथ खनाल, गोपाल पौडेल, संगीत आयाम, लक्ष्मणप्रसाद गौतम, गोर्खे साइलो, भूपिन ब्याकुल, सुरेन्द्र अस्तफल, ईश्वर कंडेल, पुष्प अधिकारी अन्जली, सरला जोशी, लेखराम सापकोटालगायतले मलाई सधै चितवनको बनाइ नै रहे । उनीहरूकै मायाले मेरो पहिलो कविता कृति ‘पीडाअवतार’ ले नारायणी अंचलको सबैभन्दा ठूलो पुरस्कार “नारायणी बाङ्मय  पुरस्कार“ पाउन सकेको थियो, भने चितवनका कुनै पनि विशेष प्रकाशन अंकमा मलाई सधै समावेश गर्थे उनीहरु ।

यसैले अमेरिका बसाइको आधा दशकपछि पनि मलाई चितवनमा गएर एउटा कार्यक्रम गर्ने उत्कट इक्छा पलाएको थियो । फेसबुकको पानामा चितवनमा हुने साहित्यिक कार्यक्रमहरूको जानकारी राख्दै आएको थिए  । तीमध्येको एउटा आकर्षक नाम र सुन्दैमा मज्जा आउने कार्यक्रम थियो ‘चियासँग कविता’ ।

साहित्यकार धनराज गिरी मार्फत योजना बुनें , भूपिन र लेखराम सापकोटाहुँदै कार्यक्रम संयोजक ईश्वर कंडेलसम्म सम्पर्कमा पुगें, मेरो आग्रह स्वीकृत भयो  र बनेको थियो अघिल्लोबर्ष प्रकाशित कवितासंग्रह “अनामनगरकी अम्बिका“को दोश्रो संस्करण विमोचन गर्ने समेतको कार्यक्रमको रुपरेखा । ट्याक्सीमा बसेर कलंकी पुग्दासम्म म यसरी नोस्टाल्जिक भइसकेको थिए“ । जव कलंकीमा माइक्रोवसको तानातानमा प-यौं अनि झल्यास्स ब्युझिंएँ मेरो चितवनसम्मको यात्रा त बल्ल पो शुरु हुँदैछ ।

२०७३ साल साउन १४ को मध्यान्ह । कलंकी चोकमा ट्याक्सीबाट ओर्लने बित्तिकै माइक्रोबसका कर्मचारीले बोलाउन आइपुगे । भाडामा मोलमोलाइ गरेनाैँ,  सीट साँगुरो भएकाले हामी तीनजनाले चारोटा सीट पाउनु पर्ने माग राख्यौ, चारजनाको भाडा तिर्छुभन्दा पनि हाम्रो माग सदर भएन, ओर्लियौं । चढिसकेको माइक्रोबसबाट झर्ने बित्तिकै हाम्रोअगाडि  आइपुगेको डिलक्स बसमा हाम्रो मन लोभियो । चढ्यौं, सीट पनि राम्रो थियो । तर, हाम्रो पछिपछि बसमा चढेका एकजना यात्रुका कारण बसभित्र झगडा सुरु भयो । कारण थियो—माइक्रोबसको पेसेन्जर बसले हाल्यो भन्ने ।

झगडा असामान्य हुँदै कुटाकुटमै परिणत भयो । हामीले सोच्यौं—यो झगडाको कारक हामी पनि हुन सक्छौ । मलाई किन हो किन एकछिन पनि बसमा बस्न मन लागेन । साथीहरूलाई आग्रह गरेर बसबाट ओर्लियौं र अलि बेर हिड्न थाल्यौ । एउटा माइक्रो बस हाम्रोपछाडि आएर रोकियो ।  कन्डक्टर भाइले भन्यो , ‘सिट खालि छ भाडा मिलाएर दिनोस्।’

मैले भने— भाडा मिलाउने होइन तीनजनालाई चारओटा  सिट चाहिन्छ , भाडा जति लिन्छौ, दिन्छौं ।

कुरा मिल्यो र बसमा बस्यौं ।

कलंकीको जाम काट्न एकघण्टाभन्दा कम लागेन र ओर्लन थाल्यौं—नौ बिसेको ओरालो । छविरमण त्यति बोलेको थिएन, म अझैं चितवनसंग जोडिएको बाल्यकालमा बेलाबेला हराउंदै थिए भने लेकाली यात्रामा अलि रमाइलो गर्नुपर्ने मान्छे ।पछाडि लामो सिटमा बसेका चारजना युवतीस“ग परिचय गा“स्न पुगिसकेका थिए । बस मलेखुको नास्ता पसलमा नरोकिएसम्म उनी छबि र मभन्दा पनि बढी गफ पछाडिका सिटवालीहरूसंग गर्दै थिए ।

झमक्कै सांझ परिसकेको थियो र बांकी नै थियो मुग्लिनको मुख्यजाम । त्यसैले खाजा दह्रो नै खानु पर्ने निर्णय गरियो । माछा, भुजा, अचारपछिको हरियो नुनखुर्सानी र काक्रो । पेट अघाए पनि मन अघाएन ।

हाम्रो गाडी गुडेको दस मिनेटमै एउटा दुर्घटना भएको ठाउ“मा पुग्यौ, माइक्रो बस नम्बर —३ । भर्खरै दुर्घटना भएकाले पुलिस र स्थानीयले उद्दार गर्दै थिए । माइक्रोबस छेउको खाल्डोमा पर्लक्कै पल्टेर उत्तानो परेको थियो । भीडलाई छल्दै हाम्रो गाडी अघि बढ्यो । तर, लेकालीले लामो स्वास फेरेर भने—हामी ठूलो दुर्घटनाबाट बच्यौं ।

हो, बास्तवमा हामी दुर्घटनाबाट बचेका थियाैँ, यो त्यही माइक्रोबस थियो, जसलाई हामीले छोडेका थियौ । केहीबेरसम्म हामीबीच सन्नाटा छायो । मेरो मुटु डरले थरर काप्न थाल्यो । बोल्ने शब्द नै मुखमा आएन । केहीबेर अघि खाएको पिरो खुर्सानीले पोलेको पेटमा अमिलो पनि थपियो ।

मुग्लिन—नारायणघाट खण्डको करिव चारघन्टे जाममा एसी बिग्रिएको बसभित्रको उकुसमुकुस हामी पल्टिनबाट जोगिएकोभन्दा कम पीडादायी लागेको थियो ।

भरतपुर चोकमा रातको एघार बजे ओर्लिदा पानी छिट्टयाउन लागेको रहेछ । बिहान कार्यक्रम हुने होटलमै बस्ने निधो गरेर हामी होटेलतिर लाग्यौ ्र हामी पुग्दा होटेल भरिभराउ रहेछ  । धनराज गिरी, ईश्वर कंडेलले हाम्रोलागि होटलका मेनेजरलाई फोनबाट अनुरोध गरे तर पनि कोठा मिलेन । लायन्सको सम्मेलनका लागि जिल्लाजिल्लाबाट मानिस आएका कारण सबै होटेल भरिएका रहेछन् । थकित मन र कापेको मुटु लिएर हामी रिक्साको खोजीमा लाग्यौं अरु होटेलको खोजीका लागि ।

पानी झमझाम दर्किरहेको थियो । रातको १२ बजे नारायणघाट जाने र होटेल खोज्ने बिचारमा भिज्दै निस्क्यौं । करिव एक किलोमिटर रुझ्दै हिडेपछि बीरेन्द्र क्याम्पसको ओरालोमा एउटा ट्याम्पो भेटियो । ‘भाइ हामीलाई नारायणघाट लगिदिने हो ?’ उनले हुन्छ त भने तर भाडा सुनिनसक्नु चर्को । काठमाडौबाट भरतपुर गए जत्तिकै भाडा मागे, नारायणघाटको कुनै होटलसम्म पुर्याउन ।

धेरै होटेल चाह-यौं, कुनै पनि  राम्रा होटेल खाली थिएनन् । त्यहाँको ठूलो होटेल गंगोत्रीमा म एकपटक चालीसजना साथीहरूसहित बसेको थिए“, बनारसमा सम्पन्न नेपाल भारत लेखक सम्मेलनबाट फर्कदा । त्यहां पो पाइन्छ होला भनेर त्यता लाग्यौं तर गंगोत्रीले पनि निराशै बनायो ।

कहाँ जाने मध्यरातमा ?त्यो पनि झमझम झरीमा मृत्युबाट फुत्केजस्तो लागेर मन त्यसै त्यसै त्यो माइक्रो दुर्घटनाको दृश्यले आक्रान्त हुंदा अझ थकाइ बढेकै थियो । त्यसमाथि मध्यरातिसम्मको होटल खोजाइको यो पीडाले तीनभाइ आहत भइसकेका थियौं । गंगोत्रीभन्दा अगाडि एउटा गुल्मेली लज लेखेको बोर्डमा झट्ट आँखा दौडियो । जस्तोसुकै होस छ घण्टा आराम गर्ने त हो नि भनेर हामीले एकै स्वरमा हुन्छ भन्ने सहमति बनायौं ।

आधा बन्द ढोकाबाट चियाउँदै ‘साहुजी कोठा छ,’ भन्दै भित्र पस्यौं । साहुले हामीलाई तलदेखि माथिसम्म हेरेर भने— ‘एउटा कोठा बाँकी छ, मनपर्छ भने बस्नुस् ।’

‘हुन्छ हुन्छ जस्तो भएपनि हुन्छ, तर तन्ना र ओढ्ने भने नयाँ दिनुपर्छ र तातो-तातो खाना खुवाउनु पर्छ’, हाम्रो अनुरोधले  साहुजीको टाउको सहमतिमा हल्लियो, हामी पनि खुशीले पुलकित भयौ—बल्ल आराम गर्न पाइने भो ।

लामखुट्टेको धुप र बोतलको पानी पनि हामीलाई मिल्ने भएपछि त झन् खुशी नहुने कुरै भएन ।

खान कस्तो थियो, स्वाद नै लिएनौ , पेट भर्नतिर मात्रै लाग्यौं , जे होस् तातो—तातो खान थियो ।

चुरोट नखाने हामीलाई  कोठामा छाएको चुरोटको गन्ध सहजै पचाउन गार्हो थियो । बिहान सबेरै कोठाबाट निस्कने सल्लाहका साथ निदाउने प्रयास ग-यौं । भोलिपल्ट आफ्नो सपनाको दिन थियो—‘चियासंग मेरा कविताको ।’

कार्यक्रम सोचेको जस्तै राम्रो भयो ।

धनराज गिरी , गोविन्दराज विनोदी, केदारनाथ खनाल, भूपिन ब्याकुल, ईश्वर कंडेल , रमेश प्रभात, सुमन घिमिरे, नीरा शर्मा, लकास पौडेल, सुरेन्द्र अस्तफल ओहो ! कति धेरै प्रिय मान्छेहरूका साथमा “चियाससँग कविता“ मात्रै भएन, मज्जाको लन्च पनि भयो ।

आनन्दित मन लिएर अमेरिका फर्केको यतिका दिनसम्म पनि त्यो यात्रामा पाएको दुख र डरले अझै मन काप्ने गर्छ र कार्यक्रमको सफलताले मन रोकाञ्चित । अहिले पनि हामी तीनबीच कुरा गर्दा बुढापाकाको आहान सम्झन्छौं र ज्यान जोगिएको सो यात्राको सम्झनामा मज्जाले हाँस्छौं र भन्ने गर्छौ—‘यात्रामा तीन, हिड्दै नहिंड् ।’

गोवर्धन पूजा
बोस्टन, अमेरिका
इमेल—  gpooja1970@gmail.com

 




प्रतिक्रिया

One thought on “यात्रा-संस्मरण : त्यो कहालीलाग्दो चितवनको यात्रा-‘यात्रामा तीन, हिँड्दै नहिँड्’

  1. नेपाल समचार :- ” लोभी पापी प्रजाति को गरुड ’ हराउँदै गएकोमा चिन्ता, के छ फाइदा यसलाई संरक्षण गर्दा ? ” (१) कति खराबले राखेको नाम होला ??? त्यस्तो राम्रो चराहरुलाई पनि , त्यस्तो खराब नाम दिएको छ। के , मान्छे जस्तो खराब लोभी पापी ???? (2) गरुड ले , घुस खाएर घर बनायो ? (३) नेपालको सम्पति चोरेर बिदेशमा छोराछोरी पढाउने हैसियत गरेयो ? (४) तीन पुस्ता लाई पुगने कमायो ? (५) सधै , नेता बनेको छ , ढलेको सिंको काम गरेको छैना , नेपालको सम्पत्ति चोरेर मजाले परिबार सहित मौजमस्ती गरेको छ। नेपालको सम्पत्ति नखाएको भये , आकाश बाट झर्छ ??? कसरी सम्भब छ ? (५) पशुपन्छी बोल्दैनन भन्दैमा , जे मन लागे तेहि दोष लगाएर बोलने ???? की त्यो चराहरुले , ” हामी लोभी पापी ” भन्यो ??? तेहि भएर , ” खराबले , खराब नै ल्याउछ ” भन्ने नेपाली भनाई सत्य रहेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *