आशा,भरोसा र विश्वासको लय…

डिसी नेपाल
११ माघ २०७६ १०:०७
4
Shares

हामी पर्देशीहरु आँशु, वेदना,निष्ठुरी र मर्मस्पर्शी सत्य कथाका श्रोतकेन्द्रहरु मात्रै होइनौं !!
परिवारिक सुख र देश निर्माणको उज्यालो भविष्यका संवाहक पनि हौं ।
त्यसैले आशा,भरोसा र विश्वासको लय, सात समुन्द्रपारीबाट !!

स्वर्ग झैँ मेरो त्यो सेरो फेरो, कसरी भुलूँ म !
त्यो पूण्यभूमि छोडेर अन्तै, कसरी डुलूँ म !
पर्देशबाट त्यो रातो बाकस, भित्र म आउंदिन
ज्ञान र सीप नबोकी धन, फर्केर आउंदिन
**********
न आफु सुखी अरुको पीर, कसोरी हरुँला !
दीन्दुखीलाई नगरी मायाँ, कसोरी मरुँला !
नगरी काम पुर्पुरो दोष, दिएर हुँदैन
नहिंडे सम्म पाइला कैले, शिखर छुंदैन
*********
झलल बत्ति पैसा र महल, रमाउने बानीलाई
सम्झना सबै लिएर आउने, यो जिन्दगानीलाई
पर्देशी मात्रै निष्ठुरी हुन्छन्, त्यो पनि होइन
दानी र ज्ञानी मायालु हुन्छन्, त्यो भुल्नु हुँदैन
—————
हे मेरी प्यारी त्यो आँशु झारी, सम्झेर मलाई
भएसी टाढा सम्झना गाढा, हृदय जलाई
पसिनासरी कमाको धन, त्यो खेर नजाओस
फेसबुके मान्छे पराइ आँखा,कहिल्यै नलाओस
—————–
सुख र शान्ति आरोग्य जीवन, निर्भय मनमा
विश्व मै उच्च हुनेछ शीर, नेपाली जनमा
तिरेर रिन उज्यालो दिन, त्यो खुसी झारुम्ला
गाउँघर हाम्रो बनाऔं राम्रो, झल्मल पारुम्ला
—————-
आमाको थैली त्यो रित्तो मन, आएर भरुम्ला
कम्मर भाँची छम्छम नाँची, रमाइलो गरुम्ला
तराइ पहाड चन्द्र र सूर्य, हिमालै फरर
मेची र काली गरौंला साँईँली, रेलैमा सरर

लेटांग मोरंग हाल : म्युनिख जर्मनी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *