कोरोना संकटसँग जुध्न कुल आचार्यको अपील

डिसी नेपाल
३ चैत २०७६ ५:४१

लण्डन । गैर आवासीय नेपाली संघका निवर्तमान केन्द्रिय उपाध्यक्ष कुल आचार्यले सबै गैर आवासीय नेपालीहरुलाई विश्वव्यापी कोरोना संक्रमणको यो घडीमा एक आपसमा सहयोगको हात बढाउन आह्वान गरेका छन् । आचार्यले बेलायतमा भूपू गोर्खा वृद्धवृद्धाहरु उच्च जोखिममा रहेको र भाषाको समस्या पनि भोगिरहेको जनाए ।

उनले इटालीमा लक डाउनका कारण अत्यावश्यक सामग्रीहरुको अभाव भएको समाचारहरु आइरहेको र यस्तो बेला आफ्ना छरछिमेकीहरुको हालखबर बुझ्नु, बालबालिका र वृद्धवृद्धालाई सक्दो सहयोग र सुझाव सल्लाह दिनु हामी सबैको कर्तव्य भएको बताए। “यो पुण्यकर्म पनि हो,” आचार्यले भने । उनले सबै मुलुकहरुमा रहेका एनआरएन मित्रहरु तथा नेपाली संघसंस्थाहरुलाई आपत्कालीन टोली, हटलाइन आदि स्थापना गरी तत्काल सक्रिय रहन अनुरोध पनि गरेका छन् ।

आचार्यले नेपाल सरकारले गत साता जारी गरेको सूचनामा ‘एक साता अगाडी स्वास्थ्य परीक्षण गरेको प्रमाणपत्र त्रिभुवन विमानस्थलमा पेश गर्नु पर्ने’ प्रावधान अव्यावहारिक रहेको बताउंदै सो निर्णयबारे तत्काल पुनर्विचार गर्न आग्रह पनि गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *