‘टोकियो ओलम्पिक’ एक वर्ष पछाडी सर्न सक्ने!

डिसी नेपाल
११ चैत २०७६ ०:२१

एजेन्सी । आगामी जुलाईमा जापानमा हुने भनिएको ‘टोकियो ओलम्पिक’ एक वर्ष पछाडी सर्न सक्ने भएको छ। विश्वभर फैलिएको कोरोनाको महामारीको कारण ओलम्पिक एक वर्ष पछाडी सर्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई उदुृत गर्दै बीबीसीले लेखेको छ। यो सँगै ओलम्पिक सन् २०२१ मा हुने सम्भावना रहेको छ।

ब्रिटीश ओलम्पिक एसोसियसनका अध्यक्षले यो समरमा जापानमा हुने ओलम्पिकमा आफ्नो देशबाट कुनै पनि टिम नपठाउने निर्णय गरेपछि ओलम्पिक सन् २०२१ सम्म सर्न सक्ने जनाइएको छ। यसअघि क्यानडा अस्ट्रेलियाले पनि आफ्ना खेलाडी नपठाउने निर्णय गरेका थिए।

अन्तर्राष्ट्रिय ओलम्पिक समितीका सदस्य डिक पाउण्डले आइओसीको सूचनाको आधारमा ओलम्पिक स्थगन भएको बताए। उनले केही मापदण्ड नबनेको तर आगामी जुलाई २४ मा ओलम्पिक सुरु नहुने जानकारी प्राप्त गरेको बताए। आईओसीले आगामी ओलम्पिकको बारेमा निर्णय लिन चार हप्ताको समय तोकेको बताइएको छ। तर अनुभवी सदस्य पाउण्डले चाँडै नै यसको निर्णय हुने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *