फोक्सोसम्बन्धी रोगले ग्रस्त ६ वर्षका बालकले कोरोनाभाइरसलाई कसरी जिते ?

डिसी नेपाल
२३ चैत २०७६ ९:०६

काठमाडौं। कोरोनाभाइरले पहिलेदेखि रोगी, वृद्ध व्यक्तिहरुलाई धेरै प्रभावित गरेको तथ्यांक सार्वजनिक भइरहेका बेला अमेरिकामा ६ वर्षका एक बालकले कोरोनाभाइरसलाई पराजित गरेका छन् । पहिल्यैदेखि फोक्सोसम्बन्धी रोगले ग्रस्त यी बालकले फोक्सोमै आक्रमण गर्ने कोरोनाभाइरलाई पराजित गरेपछि उनको चर्चा बढेको छ । सामाजिक संजालमा मानिसहरु ती बालकलाई हीरो भनिरहेका छन् । मिररको एक रिपोर्ट अनुसार ती बालककी आमाले ामाजिक संजालमा यसको जानकारी दिएकी हुन् ।

अमेरिकाको टेनेसीमा बस्ने ६ वर्षका बालक जोसेफ बोसेन पहिलेदेखि नै सिस्टक फाइब्रोसिस नामका फोक्सोसम्बन्धी रोगबाट पहिलेदेखि नै पीडित थिए । यो रोगले ग्रसित हुँदाहुँदै पनि उनले कोरोनाभाइरसलाई जित्न सके । यी बालकले आफैंलाई योद्धा भनेका छन् । फेसबुकमा उनकी आमाले पोस्ट गरेको भिडियोमा मुस्कुराउँदै उनले आफूलाई एक योद्धा बताएका छन् । साथमा उनले परिवार र साथीहरुलाई धन्यवाद पनि दिएका छन् ।

जोसेफले भिडियोमा ती व्यक्तिहरुको बारेमा पनि कुरा गरिरहेका छन् जसले उनलाई कार्ड, उपहार र शुभकामना सन्देश पठाएका थिए । जोसेफकी आमाका अनुसार १९ मार्चमा जोसेफ कोरोनाभाइरस संक्रमित भएको थाहा भएको थियो । सुरुमा उनलाई रुघाखोकीको समस्या भएको थियो । जोसेफलाई क्लार्क्सभिलेस्थिन मोनरो क्यारल जुनियर चिल्ड्रेन अस्पतालमा लगियो । त्यहीँ उनीमा कोरोनाभाइरसका लक्षण देखिए र उपचार पनि त्यहीँ भयो ।

१९ मार्चमै जोेफकी आमा सबरिनाले फेसबुकमा यसबारे जानकारी दिएकी थिइन् र आफ्ना साथहिरु तथा आफन्तहरुलाई आफ्ना छोराको लागि प्रार्थना गर्न आग्रह गरेकी थिइन् । त्यसपछि जोसेफ विस्तारै ठिक भए । लक्षण सकिएपछि उनी २ हप्तासम्म आफ्नो घरमा आइसोलेट रहे । त्यसपछि अन्ततः उनकी आमाले सबैलाई खुसीको खबर सुनाउँदै जोसेफले कोरोनाभाइरसलाई पूर्ण रुपमा हराएको बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *