भारतमा कोरोना संक्रमितको संख्या ४७८१ पुग्यो, दोस्रो र तेस्रो स्टेज चल्दै

डिसी नेपाल
२५ चैत २०७६ १०:५६

काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ४ हजार ७ सय ८१ जना संक्रमित भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा मात्रै ४ सय ८८ जना नयाँ संक्रमित थपिएका हुन् ।

मंगलबार बिहानसम्म भारतमा १ सय ३ट जनाको ज्यान गएको छ । भारतमा पछिल्ला ८ दिनदेखि महामारीको रुप लिएको छ । कोरोना संक्रमितको संख्या हिजो सोमबार मात्रै घटेको हो ।

संक्रमित मध्ये ३ सय ८२ जना सफल उपचारपछि घर फर्किएका छन् । भारतमा हालसम्म एक लाख ४० हजार २ सय ९३ जनाको मात्रै कोरोना टेस्ट गरिएको छ ।

हाल भारतमा कोरोना दोस्रो र तेस्रो स्टेजमा चलिरहेको स्वास्थ्य विभागलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतका महाराष्ट्र, तमिलनाडु, राजस्थानसहित २७ प्रदेश र दिल्लीसहितका ५ केन्द्र शासित प्रदेशमा कोरोनाको महामारी बढी देखिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *