कोरोनाभाइरसः पीपीइ माग्दै प्रदर्शनमा उत्रिएका ५३ डाक्टर गिरफ्तार

डिसी नेपाल
२५ चैत २०७६ ११:३३

काठमाडौं। पाकिस्तानमा कोरोनाभाइरसको उपचारमा खटिले क्रममा आफूलाई चाहिने सुरक्षा उपकरण माग्दै विरोधमा उत्रिएका डाक्टरहरुको प्रदर्शनमाथि सुरक्षा बलले हस्तक्षेप गरी ५२३ जना डाक्टरलाई हिरासतमा लिएको छ । समाचार एजेन्सी एएफपीका अनुसार पाकिस्तानको दक्षिण पश्चिमी शहर क्वेटामा सुरक्षा उपकरण माग्दै प्रदर्शनमा उत्रिएका डाक्टरहरुलाई गिरफ्तार गरिएको हो ।

अहिले पूरै विश्व पीपीइको कमीसँग जुधिरहेको छ । कैयौं देशमा डाक्टरहरुले घरमै जुगाड गरेर सुरक्षा उपकरण बनाएर बिरामीको उपचार गरिरहेका छन् । अहिले कोरोनाभाइरससँग लड्न डाक्टरसहित अन्य मेडिकल स्टाफको समेत कमी भइरहेको छ । कैयौं देशले अवकाशप्राप्त डाक्टर र स्वास्थ्यकर्मीलाई पुनः चिकित्सा क्षेत्रमा फर्किन अपिल गरेका छन् ।

पाकिस्तानमा क्वेटाको मुख्य अस्पतालनजिकै सय भन्दा धेरै डाक्टरले अन्य स्वास्थ्यकर्मीको सातमा जुलुस गरिरहेको रिपोर्टमा उल्लेख छ । प्रदर्शनकारी राज्यका मुख्यमन्त्रीको निवासतिर बढ्दै थिए । मुख्यमन्त्री निवासमा जबरजस्ती प्रवेश गर्ने प्रयास गरेपछि पुलिसले लाठी चार्ज गरेको बताइएको छ । बरिष्ठ पुलिस अधिकारी अब्दुल रज्जाक चीमाले कानुन तोडेको अभियोगमा ५३ डाक्टरलाई हिरासतमा लिइएको बताए । उनीहरुलाई केही घण्टा हिरासतमा राखेपछि राज्य सरकारको आदेशमा छाडिएको छ ।

बलुचिस्तान राज्यका प्रवक्ता लियाकत शेहवानीले डाक्टरहरुले सुरक्षा उपकरण नपाएकोले प्रदर्शन गरेको बताउँदै उनीहरुलाई छिटै सबै उपकरण उपलब्ध गराइने विश्वास दिलाइएको अवस्थामा पनि उनीहरु प्रदर्शनमा उत्रिएकोले बल प्रयोग गर्नुपरेको बताए । सोमबार केन्द्रबाट पीपीइ प्राप्त भएपछि डाक्टरहरुलाई बाँड्ने तयारी भएको उनले बताए । पाकिस्तानमा कोरोनाभाइरस संक्रमणका कारण एक डाक्टर र एक नर्सको मृत्यु भइसकेको छ । दुई दर्जन स्वास्थ्यकर्मी संक्रमित पाइएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *