पीपीइबारे प्रधानमन्त्रीलाई सचेत गराउने डाक्टरको कोरोनाभाइरसकै कारण ज्यान गयो

डिसी नेपाल
२८ चैत २०७६ ११:१४

काठमाडौं। कोरोनाभाइरसको उपचारमा संलग्न हुने डाक्टरलाई जोगाउन पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीइ)को आवश्यकताबारे बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई सचेत गराउने डाक्टरले कोरोनाभाइरसकै कारण आफ्नो ज्यान गुमाएका छन् । इन्डिपेन्डेन्टका अनुसार ५३ वर्षका डा. अब्दुल ममुद चौधरीले गत महिना एक फेसबुक पोस्टमार्फत प्रधानमन्त्री जोनसनलाई पीपीइको आवश्यकताबारे सचेत गराउँदै नेशनल हेल्थ सर्भिस (एन्एचएस)का सबै स्वास्थ्यकर्मीलाई पीपीइ उपलब्ध गराउन आग्रह गरेका थिए ।

पूर्वी लण्डनको होमर्टन हस्पिटलमा कन्सल्टेन्ट युरोलोजिस्टको रुपमा कार्यरत डा. चौधरीले लेखेका थिए ‘हाम्रो कामको लागि मानिसहरु हाम्रो प्रशंशा गर्छन् जो निकै प्रेरणादायी छ तर हामीले आफैंलाई र आफ्ना परिवारलाई पनि यो विश्वव्यापी महामारीबाट बचाउनुपर्छ ।’ अहिले लण्डनको सेन्ट थोमस अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री जोनसन त्यसपछि पटक पटक पीपीइ सबैलाई उपलब्ध गराउने विषयमा पटक पटक दबाबमा आए ।

मार्चको अन्त्यतिर ३ हजार ९६३ डाक्टरहरुले द सन्डे टाइम्मा खुला पत्र लेख्दै ‘आफुहरुले प्रत्येक दिन आफ्नो जीवन जोखिममा राखेर’ काम गरिरहेको बताएका थिए । उनीहरुले २०१५ मै एक्सपायर भइसकेका मास्क प्रयोग गरेर काम गर्नुपरेको भन्दै आइसीयू र एनेस्थेसियामा काम गर्ने डाक्टरहरु अझै ठूलो जोखिममा रहेको बताएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *