कोरोनाभाइरसको इपिसेन्टर चीनको वुहानमा ७६ दिनपछि लकडाउन खुल्दा…

डिसी नेपाल
२८ चैत २०७६ १३:०५

वुहान। कोरोनाभाइरसको इपिसेन्टर चीनको हुबेइ प्रान्तको वुहान शहरमा ७६ दिन लामो लकडाउनपछि बुधबार केही शर्तहरुका साथमा लकडाउन खोलियो । यो बिहानीलाई पूरै शहरले उत्साहका साथ स्वागत गर्यो । शहरका भवनहरुलाई बत्तीहरुले सजाइयो । केही भवनहरुमा रातको १२ बजेभन्दा ठिक अघि लकडाउन समाप्त भएको काउन्टडाउन सुरु गरियो । हजारौंको संख्यामा मानिसहरुले वुहान शहर पनि छाडे । यात्रा प्रतिबन्ध हटेपछि हजारौंको संख्यामा सडक, हवाइ र रेल मार्गबाट मानिसहरु वुहान बाहिर गएका देखिए ।

चीनको नेशनल रेल सर्भिसले आफुहरुलाई ५५ हजार मानिसहरु बुधबार वुहान शहरबाट बाहिर निस्कने अपेक्षा गरेको बतायो । शहरभित्र कोरोनाभाइरस संक्रमण फैलिनबाट रोक्न अझै पनि कडाइ गरिएको बताइएको छ । अधिकारीहरुले अझै पनि अत्यन्तै जरुरी भएमा मात्र घरबाट बाहिर निस्किन आग्ह गरिरहेका छन् । कम्पनीहरुले भने आफ्ना कर्मचारीलाई काममा बोलाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *