लकडाउनमा प्रशिक्षणको क्रममा २२ वर्षीय फुटबलरको मृत्यु

डिसी नेपाल
९ वैशाख २०७७ १२:४९

काठमाडौं । लकडाउनको समयमा एक फुटबलरको मृत्यु भएको छ । रुसको लोकोमोटिभ मस्को क्लबका एक खेलाडी ईनोकेन्टि समोखवालोवको ब्यक्तिगत प्रशिक्षणको समयमा ज्यान गएको क्लबले जनाएको छ । सामोखभालोभ क्लबमा डिफेन्डरको रूपमा खेल्थे।

समोखाभालोभ कोरोना भाइरस लकडाउनको कारण व्यक्तिगत प्रशिक्षण सत्रहरूमा भाग लिइरहेका थिए। व्यक्तिगत प्रशिक्षण सत्रमा उनले अप्ठ्यारो महसुस गर्न थाले, परिस्थिति गम्भिर भयो उनको मुत्यु भयो क्लबले आफ्नो विज्ञप्तिमा भन्यो। उनी एक असल मानिस र असल मित्र थिए यो हाम्रो परिवारको लागि धेरै दुखद कुरा हो क्लबले जनायो ।

२२ बर्षे समोखभालोभ सन २०१५ देखी मा लोकोमोटिभ सँग आबद्ध थिए तर उनले रूसी प्रिमियर लिग क्लबको लागि खेल्ने मौका पाएका थिएनन। सामोखभलोभ लोकोमोटिभको रिजर्भ टोली कजाकाका लागि रसिया लिगको तेस्रो टीममा खेल्ने गर्थे। टिमका प्रशिक्षक अलेक्जान्ड्रा ग्रिसिनका अनुसार समोखलोभोको मृत्यु हृदयघातको कारण भएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *