एशियाली खेलकुद आयोजना गर्न कतार र साउदी अरेवियाको प्रतिष्पर्धा

डिसी नेपाल
१२ वैशाख २०७७ १३:१६

काठमाडौं । क्षेत्रीय प्रतिद्वन्द्वि कतार र साउदी अरेबियामध्ये सन् २०३० को एशियाली खेलकुद कसले आयोजना गर्ने भन्ने सम्बन्धमा प्रतिष्पर्धा हुँदैछ ।

एसियाली ओलम्पिक काउन्सिलका अनुसार दुवै देशका राजधानी शहरहरू दोहा र र रियादले आवेदन दिएका छन् ।आगामी नोभेम्बर २९ मा चीनको सान्यामा आयोजना हुने बैठकमा आयोजक देश छनौट गरिने एसियाली ओलम्पिक काउन्सिलले जनाएको छ ।

दोहाले यसअघि सन् २००६ मा एसियाली खेलकुदको आयोजना गरेको थियो भने साउदी अरेबियाले भने ठूला स्तरका खेलकुद प्रतियोगिताहरू हालसम्म आयोजना गरेको छैन।

दुई देशबीचको कटुतापूर्ण कुटनीतिक सम्बन्धका कारण एसियाली खेलकुद प्रतियोगिताको आयोजक को हुने भन्ने विषय चासोका साथ हेरिएको छ।

सन् २०१७ मा साउदी अरेबिया र खाडी क्षेत्रका अन्य देशहरूले सन् २०२२ को विश्वकप फुटबल आयोजक राष्ट्र कतारमाथि नाकाबन्दी लगाएपछि दुई देशबीच सम्बन्ध झनै बिग्रन पुगेको छ ।।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *