मध्यराति बोलाइए अख्तियार प्रमुख बालुवाटारमा

डिसी नेपाल
१९ वैशाख २०७७ २३:०९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिका निकायका प्रमुखहरुसँग भेटवार्ता तीब्र बनाएका छन् । केही दिनअघिमात्र सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणासँग भेटघाट गरेका प्रधानमन्त्री ओलीले शुक्रबार राति अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेसँग भेटघाट गरेका छन् ।

स्रोतका अनुसार शुक्रबार राति ९ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार प्रवेश गरेका प्रमुख आयुक्त घिमिरे झण्डै १ घण्टा पछि बाहिरिएका थिए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको आन्तरिक किचलोका कारण घेराबन्दीमा परेका ओलीले संवैधानिक अंगका प्रमुखमात्र नभएर नेपालका लागि चिनियाँ राजदूतसँग पनि भेटघाट गरिसकेका छन् ।

आन्तरिक किचलोमा रहेको नेकपाभित्रका केही सांसदले सञ्चार माध्यायममा ललिता निबास, र तत्कालिन लडाकुको शिबिरमा भएको आर्थिक अनियमिताको बारेमा अख्तियारले छानबिन गर्नुपर्ने कुरा उठाइरहेका बेला प्रधानमन्त्रीले अख्तियारका आयुक्त तथा सर्वोच्च अदालतका प्रधानन्यायाधीशसँगको भेटघाटले नेपाली राजनीति वृत्तमा नयाँ तरंग उत्पन्न गरेको छ ।

तत्कालीन माओवादीका लडाकु व्यवस्थापनका लागि राज्यले खर्च गरेको अर्बौं रुपैयाँ अनियमितता भएको र अहिलेसम्म त्यसको छानविन हुन सकिरहेको छैन ।

प्रधानमन्त्रीको राजीनामाको माग आइरहेकै बेला बुधबार बसेको नेकपाको सचिवालय वैठकमा प्रधानमन्त्री ओलीले कोरोनाको कहरसम्म आफूलाई समय दिन र कोरोना कहर सकिएपछि माधवकुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष तथा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएका थिए ।

प्रधानमन्त्रीको आश्वासन पछि केही नबोलेका वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने नबनाउने त हेर्न बाकीँ नै छ । तर, माधवकुमार नेपाल भने ओलीको राजीनामालाई पहिलो शर्त बनाएका छन् ।

शनिवार बस्ने सचिवालय वैठकको पूर्वसन्ध्यामा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच नेपाल निवास कोटेश्वरम भेटघाट भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *