प्रदेश ५ कोरोना कोषमा शाक्यद्वारा १० लाख रुपैयाँ जम्मा

डिसी नेपाल
२९ वैशाख २०७७ ८:२६

रुपन्देही । व्यवसायी कृष्ण शाक्यले प्रदेश नं ५ सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार कोषमा रु दश लाख जम्मा गरेका छन् ।

उनले आइतबार मुख्यमन्त्री शंकर पोखरेललाई सोबराबरको चेक हस्तान्तरण गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

भैरहवास्थित तेजभक्त इन्टरनेशनलका सञ्चालक शाक्यले कोरोना महामारीविरुद्ध सबै मिलेर अघि बढ्दा मात्रै सफल हुन सकिने बताए ।

प्रदेश सरकारले स्थापना गरेको कोषमा अहिलेसम्म रु १४ करोड जम्मा भएको छ।

कोषमा प्रदेश सरकारले रु दश करोड जम्मा गरेको थियो । सो कोषको रकम कोरोना उपचारमा खर्च भइरहेको छ।

प्रदेश सरकारले चार कोरोना अस्पताल बनाएर कोरोना सङ्क्रमितको उपचार गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *