साउदीको दमामबाट शनिबार काठमाडौँका लागि तय भएको चार्टर्ड उडानको मिति सर्‍यो

डिसी नेपाल
५ असार २०७७ १८:४८

रियाद । साउदी अरबको दमामबाट शनिबार काठमाडौँका लागि तय भएको उडानको मिति सरेको छ ।

कोरोनाका कारण साउदीमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन दमामबाट तय भएको हिमालयन एयरलाइन्सको चार्टर्ड उडान प्राविधिक कारणले पछाडि सरेको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

शुक्रबार बेलुका दूतावासले उडानको मिति सरेको सूचना जारी गर्दै सो उडान अब २३ जुन मंगलबारमात्रै हुने जनाएको छ ।

शुक्रबार साउदी अरबबाट १५३ जना नेपाली श्रमिक लिएर हिमालय एयरको जहाजले काठमाडौंका लागि उडान भरेको थियो। कोरोना संक्रमणका कारण नेपाल आउन नपाएका ८ महिलासहित १५३ जना नेपाली श्रमिक हिमालय एयरलाइन्सको चार्टर्ड जहाजमार्फत स्वदेश फर्किएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *