जनसम्पर्क समिति क्यानडामा देखिएका समस्या वारेमा भर्चुअल छलफल

डिसी नेपाल
१२ असार २०७७ १३:४७

क्यानडा । नेपाली कांग्रेस निकटको संगठन जनसम्पर्क समिति क्यानडामा देखिएको समस्याका वारेमा भर्चुअल छलफल गरिएको छ। जनसम्पर्क समिति क्यानडाका पूर्वमहामन्त्री निरन्जन थापाको आयोजनामा भएको सो छलफलमा जनसम्पर्क समितिको निस्कृयता तथा अलमलका वारेमा विमर्श गरिएको थियो।

जनसम्पर्क समितिका गतिविधि र क्रियाकलापहरुलाई प्रभावकारी बनाउनका लागि आयोजना गरिएको सो छलफलमा नेपाली कांग्रेसका संसदीय दलका सचेतक बालकृष्ण खांड ,गिरिजा प्रसाद कोइराला फाउन्डेसन क्यानडाका सभापति तुलसी पौडेल,नेपाली जनसम्पर्क समिती क्यानडाका सभापति सुरेन्द्र खड्का,नेपली जनसम्पर्क समिती क्यानाडाका सभापति राम बाबु थापा,जीपी फाउन्डेशन क्यानडाका उपसभापती ज्ञान प्रशाद गौतम, नेपाली जनसम्पर्क समिती क्यानडाका उपसभापती उदय दुरालगायतको सहभागिता थियो।

छलफलमा नेपाली कांग्रेसका नेता खांडले जनसम्पर्क समितिमा देखिएको अलमलका वारेमा जानकारी गराएकोमा आयोजकलार्इ धन्यवाद दिदै यस विषयमा पार्टी भित्र छलफल गरेर समाधान खोज्ने आस्वासन दिएका थिए। अहिले संसार कोरोना प्रकोपका विरुद्धमा लडिरहेको बताउँदै नेता खांडले यसमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए।

उनले पार्टीको गतिविधि र क्रियाकलापहरुमा सबै जना मिलेर लाग्नु पर्ने भन्दै क्यानडाको समस्या समाधानमा आयोजकले देखाएको चासो अर्थपूर्ण भएको धारणा राखेका थिए।

सो छलफलमा सहभागीहरुलाई धन्यवाद दिदै आयोजक निरन्जन थापाले जनसम्पर्क समिति क्यानडाको गतिशिलता र क्रियाशीलताका लागि आयोजना गरिएको छलफल सार्थक भएको धारणा राखेका थिए। नेपाली जनसम्पर्क समिति क्यानडाका सभापति सुरेन्द्र खड्का, नेपाली जनसम्पर्क समितिका सभापति राम बाबु थापा, ज्जीपी कोइराला फाउन्डेसनका उपसभापति ज्ञान गौतम र एन।पिआरक्का उपसभापति उदय दुराहरुले क्यानडामा रहेको समस्याहरु राखेका थिए ।

उक्त कार्यक्रमको सहजीकरण दिपेन्द्र पोख्रेलले गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *