बहराइनबाट ४२२ नेपाली स्वदेश फर्किए

डिसी नेपाल
१२ असार २०७७ १८:४०

काठमाडौँ । कोरोना भाइरसको कारण बहराइनमा समस्यामा परेका ४२२ नेपालीहरु स्वदेश फर्किएका छन् । अहिलेसम्म नेपाल एयरलाइन्सको ३ वटा चार्टर्ड उडानमार्फत ४२२ नेपाली स्वदेश फर्किसकेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले डिसी नेपाललाई जानकारी दिए ।

उनका अनुसार बहराइनबाट २१ जुनमा नेपाल एयरलाइन्सले पहिलो उडान भरेको थियो । सो उडानमा १५१ जना नेपाली फर्किएका थिए ।

त्यस्तै २५ जुनमा नेपाल एयरलाइन्सको दोस्रो र तेस्रो चार्टर्ड उडानमार्फत थप २७१ जना नेपाली स्वदेश फर्किएको राजदूत सुन्दासले बताए । बिहीबार भएको उडानमा एक नेपालीको शव समेत पठाइएको उनले जानकारी दिए ।

यसरी स्वदेश फर्किएका नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरेको थियो ।

बहराइबाट हुने चौँथो चार्टर्ड विमानको अहिलेसम्म टुङो लागिनसकेको राजदूत सुन्दासले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *