साउदीमा भिसाको म्याद सकिएकाहरु बिना जरिवाना स्वदेश फर्कन पाउने
रियाद । साउदी अरबमा भिसाको म्याद सकिएका जो कोही बिना जरिवाना स्वदेश फर्कन पाउने भएका छन् ।
कोरोना भाइरसका कारण अर्को निणर्य नभएसम्मका लागि साउदी सरकारले भिसाको म्याद सकिएका सबैलाई यस्तो छुट दिएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।
‘साउदी सरकारले हालै जारी गरेको सूचना अनुसार कोरोना भाइरस संक्रमणको प्रकोपका कारणले अर्को निर्णय नभएसम्मका लागि बहिर्गमन भिसा (Final Exit Visa),पुनः प्रवेश भिसा (Re-entry Visa, सबै प्रकारका भिजिट भिसा र पर्यटक भिसा लिएकाहरु यहाँका कुनै पनि प्रस्थान विन्दुबाट स्वदेश फर्कन चाहने व्यक्तिहरुको भिसाको म्याद समाप्त भएको भएता पनि कुनै शुल्क वा जरिवाना नतिरी जान सक्ने व्यवस्था गरेको छ,’ दूतावासले शुक्रबार सूचना जारी गर्दै भनेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment