दोहाबाट शनिबार काठमाडौँका लागि तय भएको चार्टर्ड उडानको मिति सर्‍यो

डिसी नेपाल
१२ असार २०७७ २१:४१

दोहा । कतारको दोहाबाट शनिबार काठमाडौँका लागि तय भएको उडानको मिति सरेको छ ।

कोरोनाका कारण .कतारमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन दोहाबाट तय भएको नेपाल एयरलाइन्सको दोस्राे चार्टर्ड उडान प्राविधिक कारणले पछाडि सरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

शुक्रबार बेलुका दूतावासले उडानको मिति सरेको सूचना जारी गर्दै सो उडान अब २८ जुन आइतबार बेलुका १० ४५ बजे हुने जनाएको छ । यो उडानका लागि दूतावासले प्राथामिकताका आधारमा १ सय ७४ जना नेपालीको सूची तयार गरेको छ ।

सो उडानबाट स्वदेश फर्कन टिकट खरिद गरेका नेपालीहरुलाई नयाँ उडान तालिकाबमोजिम तयारी अवस्थामा रहन दूतावासले अनुरोध समेत गरेको छ । यस विषयमा थप जानकारी चाहिएमा टिकट खरिद गरेको ट्राभल एजेन्सीमा सम्पर्क गर्न सकिने दूतावासको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *