यूएईबाट एउटै कम्पनीका १२० सहित १४६ नेपाली स्वदेश फर्किए

डिसी नेपाल
१३ असार २०७७ ६:५५

काठमाडौँ ।यूएईबाट एउटै कम्पनीका १२० सहित १४६ नेपाली शनिबार राति स्वदेश फर्किएका छन् । उनीहरु नेपाल एअरलाइन्सको आर ए २२९२ को उडानमा निर्धारित समय भन्दा करिव आधा घन्टा ढिलो २ बजे राति काठमाडौँका लागि उडेको एनआरएनए यूएईका उपाध्यक्ष पासाङ शेर्पाले जानकारी दिए ।

सो उडानमा फ्लेक्स फेसेलिटी म्यानेजमेन्ट्का १२०, सिटीमेड फेसेलिटी म्यानेजमेन्ट्को १० , इमिरेट्स क्यावको ६ , २ गर्भवती महिला, ५ विमारीसहित भिसिट भिसामा यूएई पुगि विचल्लीमा परेका ३ जना गरेर जम्मा १४६ जना स्वदेश फर्किएका छन् ।

उनीहरुको दुबई अन्तराष्ट्रिय विमानस्थलमा निशुल्क आरडिटी परिक्षण गरिएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *