साउदीबाट तय भएका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको उडान तालिका परिवर्तन

डिसी नेपाल
१३ असार २०७७ ७:१६

रियाद । साउदी अरवबाट काठमाडौँको लागि तय भएका २ वटा चार्टर्ड उडानको तालिका परिवर्तन भएको छ । प्राविधिक कारणले २७ जुन शनिबार साउदीको दमामबाट हुने भनिएको हिमालयन एयरलाइन्स र २९ जुन सोमबार रियादबाट हुने भनिएको नेपाल एयरलाइन्सको उडान तालिका परिवर्तन भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

नयाँ तालिका अनुसार हिमालय एयरलाइन्सले दमामबाट २९ जुनमा उडान गर्नेछ । त्यस्तै नेपाल एयरलाइन्सले रियादबाट ३० जुनमा उडान भर्नेछ ।

दुवै उडानमार्फत् स्वदेश फर्कनका लागि टिकट खरिद गरेका यात्रुहूलाई नयाँ उडान तालिकाबमोजिम आवश्यक तयारी गर्न दूतावासले अनुरोध गरेको छ । यस विषयमा थप जानकारी आवश्यक परेमा टिकट खरिद गरेको ट्राभल एजेन्सीमा सम्पर्क राख्न सकिने दूतावासको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *