क्यानाडामा अड्किएका नेपाली १ जुलाइमा स्वदेश फर्कन पाउने

डिसी नेपाल
१३ असार २०७७ ७:४०

काठमाडौँ । कोरोनाका कारण लामो समयदेखि क्यानडामा अड्किएर रहेका नेपालीहरु स्वदेश फर्कन पाउने भएका छन् ।क्यानडाबाट काठमाण्डौका लागि पहिलो स्वदेशफिर्ती उडान  १  जुलाइका लागि निस्चित भएको क्यानाडास्थित नेपाली राजदूतावासले जनाएको छ ।

यसअघि २६ जुनमा हुने भनिएको उडानलाई १ जुलाइका लागि तय गरिएको हो । क्यानाडाको मन्ट्रीयलबाट बेलुका ९ः१५ मा कतार एयरवेजले उडान भर्नेछ । सो विमान ३ जुलाइमा काठमाण्डौ आइपुग्नेछ ।

भाडादर भने १६ सय अमेरिकी डलर हुनेछ । उडान भर्ने यात्रुहरुले नेपाली राहदानी अर्थात ट्राभल डकुमेन्ट अनिवार्य साथमा राख्नु पर्नेछ । यात्रुले कोरोनाको संक्रमण नभएको स्वास्थ्यकर्मीबाट प्रमाणित गरेको सातदिन भित्रको प्रमाणपत्रसमेत साथै राख्नु पर्ने दूतावासले जनाएको छ ।

विमानस्थलमा तथा अन्य उडानका अवधिमा यात्रुले अनिवार्य माक्स लगाउनुपर्ने बताइएको छ । मनट्रीयलबाट मात्र उडान भर्ने भएकोले उडान समयभन्दा कम्तिमा ४ घण्टा अगाडि विमानस्थल पुगिसक्नुपर्ने छ ।

यात्रुले नेपाल आइसेकेपछि नेपाल सरकारले तोकेअनुसारको क्वारेन्टाइनमा बस्नुपर्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *