कतारबाट ३२ महिलासहित थप १४८ नेपाली स्वदेश फिर्ता, एक शव पनि पठाइयाे

डिसी नेपाल
१५ असार २०७७ ११:३६

काठमाडौँ । पहिलो चरणको चौथो चार्टर्ड उडानमार्फत कतारको दोहाबाट थप १४८ नेपाली स्वदेश फर्किएका छन् । नेपाल वायुसेवाको आरए २३९२ नम्बरकाे चार्टर्ड उडानमार्फत आइतबार बेलुका ३२ महिला र ११६ पुरुष गरी कुल १४८ नेपालीहरू स्वदेश फर्किएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

सोही उडानमा कतारमा ज्यान गुमाएका एक मृतक नेपालीको शव पनि पठाइएको दूतावासले जनाएको छ । केहीदिन अघि उपचारको क्रममा दोहाको हमाद अस्पतालमा ज्यान गुमाएका प्रकाश गुरुङको शव पठाइएको हो ।

मंगलबार पनि कतारमा समस्यामा परेका नेपालीहरु फर्कदैँछन् । मंगलबार दोहाबाट हिमालय एयरलाइन्सको चार्टर्ड जहाजले उडान भर्ने दूतावासको भनाइ छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *