स्वदेश फिर्ती: सोमबार ६०७ नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

डिसी नेपाल
१५ असार २०७७ १९:५२

काठमाडौँ । सोमबार विभिन्न देशबाट ४ वटा ‘उद्धार’ उडानमार्फत ६०७ जना नेपाली स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मलेसियाको क्वलालम्पुरबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत १३९ जना, क्वालालमुरबाटै हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत १५७ जना, कतारको दोहाबाट नेपाल एयरलाइन्सको चार्टर्ड उडानमार्फत  १५१ जना र कुवेतबाट जजिरा एयरमार्फत आममाफी पाएका १६० जना सोमबार काठमाडौँ ओर्लिएका हुन् ।

कतारको दोहाबाट नेपाली बोकेर आएको नेपाल एयरलाइन्सको जहाजले मृतक एक नेपालीको शव पनि ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । केहीदिन अघि उपचारको क्रममा दोहाको हमाद अस्पतालमा ज्यान गुमाएका प्रकाश गुरुङको शव पठाइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

सरकारले कोरोना संक्रमणका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेसँगै विभिन्न मुलुकमा रहेका नेपाली कामदार स्वदेश फर्किने क्रम जारी छ। मंगलबार पनि विभिन्न देशबाट ८ वटा जहाजले अलपत्र नेपाली बोकेर आउदैँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *