ट्याक्सी चलाउन पाउनु पर्ने माग गर्दै ट्याक्सी चालक सडकमा (फोटोफिचर)

डिसी नेपाल
१६ असार २०७७ ८:३५

काठमाडौं। लामो समयदेखिको लकडाउनका कारण ट्याक्सी चलाउन नपाएपछि आफूहरु समस्यामा परेको भन्दै ट्याक्सी खुलाउन दबाव दिने उद्देश्यले अखिल नेपाल यातायात मजदुर संघ उपत्याका विशेष समिति र उपत्याका ट्याक्सी व्यावसायी तथा चालक सेवा समाज आन्दोलित भएको छ।

यसअघि यातायात व्यवस्था विभागले असार १५ गते सम्म आफूहरुको माग सम्वोधन गर्ने आश्वासन दिएपनि हालसम्म कुनै पहल नगरेका कारण बाध्य भएर आन्दोलनमा होमिनु परेको अखिल नेपाल यातायत मजदुर संघ उपत्याका ट्याक्सी विशेष समितिका अध्यक्ष सूर्य तामाङले जानकारी दिए।

‘हामीले यसअघि पनि यातायात व्यवस्था विभागमा ज्ञापन पत्र बुझाएका थियौं,’ अध्यक्ष तामाङले भने, ‘उहाँहरुले हामीलाई असार १५ गतेसम्मको समय दिनु भएको थियो। तर अहिले पनि कुनै प्रगति नभएपछि हामीले फेरि उहाँहरुलाई झक्झक्याउन थालेका हौं।’

पछिल्लो समय सार्वजनिक यातायात बन्द भएपछि रातो नम्बर प्लेटले यात्रु बोक्ने गरेको भन्दै तामाङले ट्याक्सी चालकहरुले कोठाभाडा तिर्न नसकेर समस्यामा पर्दा सरकारले वास्ता नगरेको उल्लेख गर्दै भने, ‘सरकारले अहिलेसम्म ट्याक्सी संचालन गर्न सक्ने वातावरण बनाएन, अब हामीले सबै ट्याक्सी सिंहदरबारभित्र लगेर धर्ना बस्छौं।’

 

उनले अहिले ट्याक्सी चालकहरु रोगले भन्दा पनि भोकले मर्ने अवस्था आएको भन्दै सरकारले ट्याक्सी संचालन गर्न सहयोग नगरे आन्दोलनको विकल्प नभएको उनको भनाइ छ। उनले विश्व स्वास्थ्य संंगठनको मापदण्ड पूरा गरेर ट्याक्सी संचालन गर्न सरकारले दिनुपर्ने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *