पाचौँ चार्टर्ड उडानमार्फत कतारबाट थप २६२ नेपाली स्वदेश फर्किए, १० वटा शव पनि ल्याइयो

डिसी नेपाल
१६ असार २०७७ ११:१५

काठमाडौँ । पहिलो चरणको पाचौँ चार्टर्ड उडानमार्फत कतारको दोहाबाट मंगलबार बिहान कतारबाट थप २६२ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाल वायुसेवा निगमको आरए २३९२ नम्बरको चार्टर्ड उडानमार्फत मंगलबार बिहान १:४५ बजे २ महिला र २४१ पुरुष गरी कुल २६२ नेपालीहरू स्वदेश फर्किएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

सोही उडानमा वैदेशिक रोजगारीका क्रममा विभिन्न कारणले लकडाउनकै समयमा कतारमा ज्यान गुमाएका १० जना मृतक नेपालीको शव नेपालीको शव पनि पठाइएको छ ।

आज नै कतारमा समस्यामा परेका नेपाली ल्याउन हिमालय एयरलाइन्सको चार्टर्ड जहाज दोहा जाँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *