बहराइनबाट काठमाडौँका लागि थप उडान तय

डिसी नेपाल
१६ असार २०७७ १४:५०

काठमाडौँ । बहराइनबाट काठमाडौँका लागि थप उडान तय भएको छ । बहराइनबाट आउँदो ५ जुलाइ आइतबारका दिन नेपाल एयरलाइन्सले काठमाडौँका लागि उडान भर्ने मान्मास्थित नेपाली दूतावासले जनाएको छ ।

कोरोना भाइरसको कारण बहराइनमा समस्यामा परेका नेपालीहरुलाई फर्काउनका लागि गरिएको यो चार्टर जहाज हो ।

सो चार्टर उडानका लागि सेवा प्रदायक कम्पनी नेपाल एयरलाइन्सले अमेरिकी डलर ३ सय ९२ (नेपाली करिब करिब ४७ हजार ५ सय) भाडा तोकेको छ।

स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नु अगाडि कोभिड संक्रमण नभएको परीक्षण गरेको पिसीआर/आरडिटी वा अन्य कुनै स्विकृत प्राप्त चिकित्सकबाट कोरोना लक्षण नदेखिएको फिट टु फ्लाइट प्रमाणपत्र ७ दिन म्याद रहने गरि साथमा राख्नुपर्ने दूतावासले जनाएको छ ।

यसरी फर्कने व्यक्तिले स्वदेश आइसकेपछि यातायात खर्च र होटल तथा क्वारेन्टिन खर्च आफैँले व्यहोर्नु पर्ने जानकारी गराइएको छ। उडान भर्ने बेलामा सबै यात्रुले मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने दूतावासले निकालेको सूचनामा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *