कतारबाट थप २९९ नेपाली स्वदेश फर्किए

डिसी नेपाल
१७ असार २०७७ १०:२८

काठमाडौँ । कोरोनाका कारण कतारमा समस्यामा परेका थप २९९ जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरु पहिलो चरणको पाचौँ र छैटौँ ‘उद्धार’ उडानमार्फत बुधवार विहान स्वदेश फर्किएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार नेपाल एयरलाइन्सको आरए २३९२ नम्बरको उडानबाट २ महिलासहित १४५ नेपाली र हिमालय एयरलाइन्सको उडानमार्फत ६ महिलासहित १५४ स्वदेश फर्किएका हुन् ।

नेपाल एयरलाइन्सको उडानमा लकडाउनकै समयमा दोहामा ज्यान गुमाएका एक नेपालीको शव पनि पठाइएको छ ।

स्वदेश फर्कने नेपालीहरुको यात्रा सहजिकरण तथा बिदाका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरू पुगेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *