डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि अष्ट्रेलियाबाट एक लाख ११ हजार सहयोग

डिसी नेपाल
१७ असार २०७७ १३:१८

काठमाडौँ । डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि अष्ट्रेलियाबाट एक लाख ११ हजार आर्थिक सहयोग पठाइएको छ ।

एनआरएनए अष्ट्रेलियाका पूर्वउपाध्यक्ष समेत रहेका युवा व्यवसायी स्वतन्त्र प्रताप शाहको नेतृत्वमा उक्त रकम संकलन भएको थियो ।

पीसीआर मेसिनको अभावमा सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा कोरोना परीक्षणमा कठिनाइ भएपछि ह्युमानिटी फाउण्डेसन र सुदूरपश्चिम समाज अमेरिकाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेका थिए।

अष्ट्रेलियामा सामाजिक अभियन्ता शाह स्वयमले ६० हजार २ सय २० रुपैयाँ जम्मा गरेर सहयोग संकलन अभियान शुरु गरेका थिए ।

अभियान्ता शाहका अनुसार यो अभियानमा अष्ट्रेलियाबाट सृजना ढकालले १२ हजार ५१ , कमल रावलले ११ हजार ८ सय ४७, होम प्यासीले ११ हजार ८ सय ४७, लक्ष्मी जोशीले ६ हजार ८४, इश्वर कुईकेलले २ हजार ९ सय ८३ र समिम अनवरले २ हजार ३ सय ८६ रुपैयाँ गरेका हुन् ।

.शाहले अष्ट्रेलियाबाट अभियानमा सहयोग गर्ने नेपालीहरुलाई धन्यावाद समेत दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *