वैदेशिक रोजगारीमा ज्यान गुमाएका थप १२ नेपालीको शव स्वदेश आइपुग्यो

डिसी नेपाल
१७ असार २०७७ १७:५१

काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका थप १२ नेपालीको शव स्वदेश आइपुगेकाे छ । साउदी अरब र कतारमा मृत्यु भएका १२ नेपालीको शव बुधवार नेपाल ल्याइएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

साउदीमा कोरोनाका कारण अलपत्र नेपाली परेका नेपालीहरुलाई लिएर आएको नेपाल एयरलाइन्सको चार्टर्ड जहाजले त्यहाँ विभिन्न कारणले ज्यान गुमाएका ११ नेपालीको शव पनि ल्याएको हो । साउदीको रियादबाट बुधवार २५७ नेपाली स्वदेश फर्केका छन् ।

त्यस्तै कतारबाट पनि एक मृतक नेपालीको शव ल्याइएको छ । दोहास्थित दूतावासका अनुसार  २ महिलासहित १४५ नेपाली लिएर काठमाण्डौँका लागि उडेको नेपाल वायुसेवा निगमको उडानमा लकडाउनकै समयमा दोहामा ज्यान गुमाएका एक नेपालीको शव पनि पठाइएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *