वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुला

डिसी नेपाल
१८ असार २०७७ १३:२०
24
Shares

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ । विगत ४ महिनादेखि बन्द रहेको वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु भएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले डिसी नेपाललाई जानकारी दिए।

नयाँ श्रम स्वीकृती भने अहिले नपाइने दाहालको भनाइ छ । उनका अनुसार काठमाडौँमा आजैबाट नै श्रम स्वीकृति दिन सुरु गरिएको छ । अन्य प्रदेशहरुमा भने आइतबारबाट मात्रै पुनः श्रम स्वीकृति दिन थालिनेछ ।

अब विदामा नेपाल आएका नेपालीहरु पुन : श्रम स्वीकृती लिएर सोही कम्पनीमा रोजगारीका लागि जान पाउनेछन् । तर, उनीहरु अहिले नै विदेश फर्कन भने पाउनेछैनन् । किनभने सरकारले आगामी साउन ७ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्द लगाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *