कतारबाट थप १४७ नेपाली स्वदेश फिर्ता, मृतक २ नेपालीको शव पनि पठाइयो

डिसी नेपाल
१९ असार २०७७ १०:१२

काठमाडौं । शुक्रबार पनि विदेशबाट नेपालीको उद्दारको काम जारी छ । आज बिहानै कतारको दोहाबाट थप १४७ नेपाली स्वदेश फर्किएका छन् ।

दोहास्थित नेपाली दूतावासका अनुसार नेपाल एयरलाइन्सको चार्टर्ड उडानमार्फत ६ महिला र १४१ जना पुरुष स्वदेश फर्किएका हुन् । उनीहरुलाई ल्याएर आएको जहाजमा लकडाउनकै समयमा त्यहाँ  ज्यान गुमाउन बाध्य २ नेपालीको शव समेत  स्वदेश पठाइएकाे छ ।

कतारबाट यो पहिलो चरणको आठौँ ‘उद्धार’ उडान हो । शुक्रबार नै कतार एयरवेजको उडानमार्फत थप नेपाली स्वदेश फर्कदैँछन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *