इजरायल र साइप्रसमा अफ्ठ्यारोेमा परेका १२७ नेपाली स्वदेश फिर्ता

डिसी नेपाल
१९ असार २०७७ २०:०७

काठमाडौँ । इजरायल र साइप्रसमा अफ्ठ्यारोेमा परेका १२७ नेपाली स्वदेश फिर्ता भएका छन् । कोरोना संक्रमणबाट सिर्जित असहज परिस्थितिका कारण त्यहाँ समस्यामा परेका १४७ नेपाली लिएर स्राइप्रसबाट कतार एयरवेजले उडान भरेको हो ।

इजरायलको तेल अबिबमा रहेको नेपाली दूतावासका अनुसार उक्त उडानमा इजरायलका ३९ जना र साइप्रसबाट ८८ नेपाली स्वदेश फर्किएका हुन् । उनीहरुलाई बोकेर कतार एयरवेजको चार्टर्ड जहाजले साइप्रसको लार्नाका अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय दिउँसो २ बजे दोहा हुँदै काठमाडौँका लागि उडान भरेको हो ।

यसअघि ३० जुनमा हुने भनिएको नेपाल एयरलाइन्सको उडान रद्द भएपछि साइप्रसबाट कतार एरयवेजको उडानमार्फत नै इजरायलबाट स्वदेश फर्कने नेपालीहरूलाई समेत फर्काउने गरी दूतावासले आवश्यक व्यवस्था मिलाएको हो ।

तेल अबिबस्थित राजदूतावासका उपनियोग प्रमुख अर्जुन घिमिरेका अनुसार इजरायल र साइप्रसबाट करिब ६ सय नेपालीले स्वदेश फर्कने  इच्छा देखाएर दूतावासमा आवेदन दिएका थिए ।तर,अन्तिम समयमा धेरै नेपालीहरु स्वदेश नफर्किने मनस्थितीमा पुगेको उनको भनाइ छ ।

इजराइलबाट फर्कने नेपालीहरुको यात्रा सहजिकरण तथा विदाइको लागि राजदूत अन्जान शाक्य स्वयम विमानस्थलमा पुगेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *