अध्यक्ष र कर्मचारीबीच आरोप प्रत्यारोप, गाउँपालिकाको कामकाज अबरुद्ध
मुगु । मुगुको सोरु गाउँपालिकाका प्रमुख र कर्मचारी बीच आरोप प्रत्यारोप सुरु भएको छ।
गत आइतबार पालिकाका प्रमुख लोकबहादुर शाहीले प्रमुख प्रसासकीय अधिकृत धान्ने बुढा र लेखापाल जेठबहादुर बुढाले कोरोना राहत कोषको १९ लाख र गिलाह नुवाकोट सडकको ९ लाख २१ हजार अनियमितता गरेको आरोप लगाउदै प्रशासनमा दिएको उजुरीको दुई दिनपछि त्यहाँ कार्यरत कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत र लेखापालको बचाउ गर्दै प्रशासनमा उल्टै उजुरी दिएका छन्।
उक्त उजुरी तथा प्रेस बिज्ञप्तीमा गाउपालिका प्रमुखले गिलाहा नुवाकोट सडकमा १५ लाख कोरोना राहत कोष बाट ३ लाख घुस मागेको आरोप लगाएका छन भने रक्सीको सिलिप उल्टै बदनियत भएको प्रेस बिज्ञप्तीमा उल्लेख गरेका छन।
सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखापाल जेठबहादुर बुढाको बचाउ गर्दै गाउँपालिका भरिका सम्पूर्ण कर्मचारी जिल्लामा आएपछि त्यहाको सम्पूर्ण कामकाज अबरुद्ध भएको छ। कर्मचारी जिल्लामा आएपछि असार २४ गते तोकिएको गाउँसभा अनिश्चित भएको हो।
सबैधानिक व्यवस्था अनुसार गाउँ सभा असार १० भित्र सुरु गरि सक्नु पर्ने व्यवस्था भएपनि बिबादका कारण सोरु गाउँपालिकाको सातौँ गाउँसभा अनिश्चित हुने देखिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment