सफ्टवयरले काम नगर्दा करोडाैंको भुक्तानी रोकियो

डिसी नेपाल
१ साउन २०७७ १९:२९

मुगु । स्थानीय तहहरुको  आर्थिक कारोवारको लागि संचालनमा ल्याईएको सुत्र सफ्टवयरले काम नगर्दा करोडौको भुक्तानी रोकिएको छ ।
आर्थिक वर्षको अन्तिम दिन बुधबार राती ७ बजेबाट आर्थिक कारोवारका लागि देशभर मलेनिकाले प्रयोगमा ल्याएको सुत्र सफ्टवयरले काम गर्न छोडेपछि करोडौको भुक्तानी हुन नसकेको हो ।

मुगु जिल्लामा रहेका चारवटा स्थानीय सरकारहरु मध्ये मुगुमा कार्मारोङ्ग गाँउपालिकाले मात्र आफनो सबै भुक्तानी दिन सकेको छ । अन्य छायाँनाथ रारा नगरपालिका, खत्याड गाँउपालिका र सोरु गाँउपालिकाले संघ र प्रदेशबाट आएका योजनाहरु, सशर्त अनुदान तर्फको बजेट भुक्तानी दिन नसकेका हुन ।

संघ, प्रदेश र स्थानीय तहका सशर्त अनुदान तर्फका विकास योजना र कार्यक्रम तर्फका बजेट सफ्टवयरमा आएको प्राविधिक समस्याका कारण भुक्तानी हुन नसकेपछि स्थानीय तहका जनप्रतिनिधि, लेखापाल, कार्यालय प्रमुख तथा शाखा प्रमुखहरु तनावमा रहेका छन ।

सोरु गाँउपालिकाका स्टोर किपर ईश्वर सिंहले लकडाउनका कारण समय मै काम हुन सकेन अन्तिममा आएर कामको चाप बढेको र काम गरेर उपभोक्ताहरुले ३१ गते पालिकामा फाईलहरु पेश गरेपनि सुत्रले काम नगर्दा संघ र प्रदेशका ४ करोड बढीको भुक्तानी हुन नसकेको बताए ।

जिल्ला सदरमुकामबाट १ दिन टाढा रहेको सोरुगाउँपालिकामा बुधबार ७ बजेबाट सुत्र सफ्टवयरले काम गर्न छोडेपछि पालिकाका सबै फाईलहरु बाकेर कर्मचारीहरु राती ८ बजे सदरमुकाम गमगढी आएका थिए । गमगढीमा पनि ईन्टरनेट र सफ्टवयरले काम नगरेपछि कोष तथा लेखा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न जादा त्यहाँ पनि त्यहि समस्या देखाएपछि राती नै पालिका केन्द्रमा फर्केको र अब गाउँ सभाबाट निर्णय गरेर मलेनिका, सामान्य प्रशासन र अर्थ मन्त्रालयलाई भुक्तानीका लागि अनुरोध गर्ने सल्लाह भएको स्टोर किपर सिंहले बताए।

जनताले काम गरेर पनि अन्तिम समयमा आएर सफ्टवयरका कारण भुक्तानी रोकिएकाले मलेनिकाले पनि दुर्गम तथा पिछडिएका क्षेत्रहरुका लागि विषेश व्यवस्था गर्नु पर्ने कर्मचारी युनियन संघका केन्द्रिय सदस्य कृष्ण बहादुर सेजुवाल बताउछन्। उनले भने, ‘राज्यले बनाउने नीति, नियम काठमाडौंलाई केन्द्रमा राखेर बनाउँदाको उपज नै यो भुक्तानी रोकिनु हो।’

बुधबार दिउसो १२ बजेसम्म भुक्तानी दिने समय भएपनि महालेखा नियन्त्रण कार्यालयमा अनुरोध गरेर राती १२ बजेसम्म भुक्तानी दिन सकिने व्यवस्था मिलाइएको थियो । सुत्र सफ्टवयरले काम नगर्दा स्थानीय तहहरुमा भुक्तानी रोकिएकाले यसको असरमा प्रत्यक्ष सर्वसाधरण जनता परेकाले केहि समाधान भए निकालि दिन मलेनिकालाई अनुरोध गर्ने कोलेनिका मुगुका कोष नियन्त्रक नन्दराम कडेलले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *