बाढी पहिरोमा परी घाइते भएकालाई भेट्न नेता पौडेल अस्पतालमा
तनहुँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केहि दिन अघि तनहुँमा गएको बाढि पहिरोमा परि घाइते भएकाहरुलाई अस्पतालमा पुगेर भेट गरेका छन् ।
बरिष्ठ नेता पौडेलले तनहुँको व्यास नगरपालिका– ९ माझफाँटका केशर थापा र ऋषिङ गाउँपालिका– ८ पल्ट्याङका दधिसरा थापाको गण्डकी मेडिकल कलेज पोखरामा पुगी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । घाइते केशर थापालाई व्यास नगरपालिकाका तर्फबाट दिइने राहत रकम पनि पौडेलले अस्पतालमा नै हस्तान्तरण गरेको उनका स्वकिय सचिव चिरन्जीवी अधिकारीले जानकारी दिए । उनीहरु दुवै जनाले पहिरोमा परि परिवार गुमाएका थिए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment