सलहको दुई झुण्ड दैलेखमा प्रवेश, किसान चिन्तित

डिसी नेपाल
३ साउन २०७७ २२:०५

दैलेख। दैलेखको पश्चिम क्षेत्रबाट पूर्व क्षेत्रतर्फ सलहको दुईवटा झुण्ड प्रवेश गरेको छ । शुक्रबार सुर्खेतमा देखिएको सलह शनिबार दैलेखमा देखिएको हो ।

दैलेखको पश्चिम क्षेत्र तोरायाँ, जाहारकोटमा बसेको सलहको झुण्डलाई स्थानीयवासीले थाल ठटाएर, आगो बालेर भगाएका छन् । साँझ ५ बजे सदरमुकाम हुँदै दुईवटा ठूलो झुण्ड पूर्वी क्षेत्र प्रवेश गरेको छ । साँझको बास पूर्वी क्षेत्रमा हुने भएपछि भगवतीमाई गाउँपालिका र गुराँस गाउँपालिकाका क्षेत्रमा क्षति गर्ने भन्दै किसान चिन्तित बनेका छन् ।

सलहको प्रकोप बढ्नेबारेमा कृषि विकास कार्यालय दैलेखले जिल्लाभर स्थानीय सञ्चारमाध्याममार्फत सूचना प्रवाह गरेको निमित्त कार्यालय प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *