टी–ट्वान्टी विश्वकप स्थगित

डिसी नेपाल
५ साउन २०७७ २०:२९

काठमाडौं । आगामी अक्टोबर र नोभेम्बरमा हुने भनिएको टी–२० विश्वकप स्थगित भएको छ। अन्तर्राट्रिय क्रिकेट परिषद् (आईसीसी)को सोमबार बसेको बोर्ड बैठकले विश्वकप स्थगित गरेको हो। विश्वभर फैलिएको कोरोनाभाइरसको माहामारीका कारण विश्वकप स्थगित गरिएको आईसीसीले जनाएको छ।

यो वर्ष हुने भनिएको विश्वकप आगामी वर्षको अक्टोबर र नोभेम्बरमा हुनेछ। उक्त विश्वकपको फाईनल खेल आगामी वर्षको नोभेम्बर १४ मा हुने आईसीसीले जनाएको छ। यीस्तै आजको बैठकले आगामी तीन विश्वकपको मिति तय गरेको छ।

आईसीसीले आगामी ३ वर्ष लगातार ३ विश्वकप हुने बताएको छ। जसमध्ये २ टी–२० र एक ५० ओभरको विश्वकप रहेका छन्। २०२२ र २३ को विश्वकप पनि अक्टोबर र नोभम्बरमा ह्ुने बताइएको छ। २०२२ टी–२० विश्वकपको फाइनल खेल १३ नोभेम्बर तथा २०२३ मा भारतमा हुने विश्वकपको फाइनल खेल २६ नोभेम्बरमा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *