दोस्रो टेष्टमा ईंग्ल्याण्डको सहज जित

डिसी नेपाल
५ साउन २०७७ २३:३०

काठमाडौं । इंग्ल्याण्ड भ्रमणमा रहेको वेष्ट ईण्डिजले दोसे्रा टेष्टमा हार व्यहोरेको छ। सोमबार भएको अन्तिम दिनको खेलमा वेष्ट ईण्डिजले घरेलु टोलीसँग ११३ रनले पराजय भोगेको हो।

ईंग्ल्याण्डले अन्तिम दिनमा दिएको ३१२ रनको लक्ष्य पछ्याएको वेष्ट ईण्डिजले मात्र १९८ रन बनायो। त्यसका लागि शेमारह बु्रक्सले ६२ तथा जर्मेन ब्ल्याकउडले ५५ रन बनाउनु बाहेक अन्यले राम्रो अंक जोड्न सकेनन्। ईंग्ल्याण्डका स्टु्अर्ट ब्रोडले ३ विकेट लिए भने क्रिश वोक्स, डोम बेस र बेन स्टोक्सले समान २/२ विकेट लिए।

म्यानचेष्टरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएका ईंग्ल्याण्डले पहिलो पारीमा ४६९ रन बनाएको थियो। त्यसको लागि बेन स्टोक्स र डोम शिब्लेले सतकीय पारी खेलेका थिए। स्टोक्सले ३५६ बलमा १२० तथा शिब्लेले ३७२ बलमा १२० रन बनाएका थिए। वेष्ट ईण्डिजका रोष्टन चेजले ५ विकेट लिएका थिए।

यस्तै वेष्ट ईण्डिजले पहिलो पारीमा २८७ रन बनाएको थियो। ईण्डिजका कार्लोस बे्रथवेटले ७५, शेमारह ब्रुक्सले ६८ तथा रोष्टन चेजले ५१ रन बनाए। ईग्ल्याण्डका स्टुअर्ट ब्रोड र क्रिश वोक्सले ३/३ विकेट लिए। यसैगरी ईंग्ल्याण्डले दोस्रो पारीमा १२९ रन बनाएर वेष्ट ईण्डिजलाई ३१२ रनको लक्ष्य दिएको थियो।

योसँगै ३ खेलको सिरिजमा १–१ को बराबरी भएको छ। अब तेस्रो तथा अन्तिम निर्णायक टेष्ट २४ जुलाईमा म्यानचेष्टरमा नै हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *